Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

बढ्यो माटोका भाँडाको माग, पुर्ख्यौली पेसा विस्थापित हुने डर

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक ८,बिहीबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, कात्तिक ८ गते । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरु यतिबेला दीपावली तथा छठ पर्वको तयारीमा लागेका छन् । यी दुवै पर्वमा माटाका भाँडाकुँडाको माग अत्यधिक हुने गर्दछ । यो माग पूर्ति गर्नकै लागि जनकपुरका कुम्हाल समुदाय यतिबेला माटोका भाँडाकुँडा बनाउन व्यस्त छन् । तर पछिल्लो समय यो पेसाबाट मनग्य आम्दानी नहुँदा युवाहरू पेसाबाटै पलायन हुँदै गइरहेको गुनासो उनीहरूको छ ।

उमेरले ७० वर्ष पुग्नुभएका उपेन्द्र पण्डित माटाका सामानहरू बनाउन यतिबेला व्यस्त हुनुहुन्छ । अनुभव र सीपले युवाहरू भन्दा पनि छिटो माटोका भाँडा बनाउनुहुन्छ । उहाँलाई अहिले आउँदै गरेको लक्ष्मीपूजा र आस्थाको पर्व छठका लागि माटोको दियो, हाथी, ढकना, सर्वा लगायतका सामग्रीहरू बनाउने चटारो छ । यी पर्वहरूको समयमा माटाका सामानहरूको माग बढेपछि उहाँ बिहानैदेखि माटाका सामानहरू बनाउन व्यस्त हुनुहुन्छ । जनकपुरधाम वडा नम्बर २४ बसहियाका स्थानीय पण्डितले माटोबाट निर्माण हुने विभिन्न कलात्मक सामग्रीहरू बनाउन थालेको लगभग ४० वर्ष भइसकेको छ । उपेन्द्र घरपरिवार चलाउन पुर्ख्यौली पेसाका साथै अन्य कामहरू पनि गर्नुहुन्छ ।

माटोको सामग्री कुनै विशेष पर्व वा सिजनमा मात्रै विक्री हुने गर्दछ । त्यसमध्ये दीपावली र छठ पनि हो । यही पेसाको भर पर्ने हो भने घर चलाउन हम्मेहम्मे पर्छ । त्यसैले घरपरिवार धान्न पुर्ख्यौलीका साथै अन्य पेसा समेत अपनाउने गरेको कुम्हाल समुदाय बताउँछन् । उपेन्द्र जस्तै दैनिकी परीक्षण पण्डितको पनि छ । उहाँले माटाको भाँडाकुँडाको व्यवसाय सुरु गरेको लगभग ३० वर्ष भइसकेको छ । उहाँले पहिलेभन्दा माटाको भाँडाकुँडाको व्यापार बढेको बताउनु भयो । मागअनुसार त्यसको आपूर्ति गर्न नसकेको उहाँको भनाई छ ।

महँगी बढिरहेको छ । तर आजभन्दा पाँच वर्ष पहिले ५० रुपियाँ पाउने कलशको मूल्य अहिले पनि त्यस्तै छ । दुई रुपियाँमै पछिल्लो पाँच वर्षदेखि माटोको दियो बेच्न परिरहेको कुम्हाल समुदायको गुनासो छ । विष्णु पण्डित भने यी समस्याहरूलाई पन्छाउँदै आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिने सोचमा हुनुहुन्छ ।

माटो किन्नेदेखि लिएर दाउरासम्मको मूल्य तिरेर एक महिनासम्म मेहनत गरे पनि मनग्य आम्दानी हुन नसक्दा कुम्हाल पेसामा लाग्न युवाहरू रुचाउँदैनन् । यसले कुम्हाल पेसा नै सङ्कटमा पर्ने उनीहरू गुनासो गर्दछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८१ कार्तिक ८,बिहीबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८१ कार्तिक ८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद