Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

२० प्रतिशतले सप्तरीमा धान उत्पादन घट्ने

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक ७,बुधबार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सप्तरी, कात्तिक ७ गते । सप्तरीको कृषकले लगाइएको धान बालीमध्ये ६ हजार हेक्टरको १८ हजार मेट्रिक टन धानबाली बाढीले नष्ट गर्दा अनुमानित ३० करोड बराबरको क्षति भएको छ ।

असोज १० देखि १३ सम्म अविरल वर्षा पश्चात् आएको बाढी पहिरोले धानबालीमा करोडौँको क्षति पुग्दा गत वर्षको तुलनामा धान उत्पादन २० प्रतिशतले घट्ने कृषि ज्ञान केन्द्र सप्तरीका निमित्त कार्यालय प्रमुख किसुनदेव राउतले जानकारी दिनुभयो ।

सप्तरीको हनुमाननगर कंकालनी तिलाठी कोइलाडी छिनमस्ता लगायतका पालिकाहरूमा धेरै क्षति भएको हो । उक्त क्षतिको विवरण स्थानीय तहहरूसँग मागे पनि यकिन तथ्याङ्क उपलब्ध गराइनसकेको अवस्थामा गर्दा झन्डै ३० करोड बढीको धानबाली पूर्णरूपमा नष्ट भएको ज्ञान केन्द्रले प्रारम्भिक क्षति विवरण आङ्कलन गरी सम्बन्धित मन्त्रालयलाई पठाइसकेको उहाँले जानकारी दिनुभयो ।

समयमै पानी परेर ठिक समयमा आफ्नो थोरै र बटिया गरी पाँच बिघामा धान रोपे। पोहोरको भन्दा राम्रो धान उत्पादनको आशा गरेको थिए । अग्निसाइर कृष्णसवरण ४ का कृषक राम कोइरी भनुहुन्छ । जिता, महुली र खाडो खोलाको बाढीले चामल परिसकेको धान खेती बगाउँदा यस भेगका किसान वर्षभरि परिवार पाल्ने चिन्तामा छन् ।

एकातिर कृषियोग्य भूमि घट्दो अवस्था र अर्कोतिर बर्सेनि आउने गरेको बाढी,भूक्षय लगायतका प्राकृतिक प्रकोपले अन्नबालीमा क्षति पुग्दा बर्सेनि उत्पादन घटेर खाद्यान्न किनेर खानु पर्दा ठुलो सङ्ख्यामा किसानहरू ऋणको चपेटामा पर्दै आएको छ।

दसैँ सके लगतै सप्तरीका किसानलाई धान भित्र्याउने चटारो हुन्छ । दीपावली आउनुपूर्व नै धान भित्र्याउन सक्यो भने तेस्रो बाली लगाउन खेत खाली हुने र उचित समयमा आलु तेलहन दलहन र अन्य तरकारी बाली लगाउन सकिने हुन्छ तर तीन वर्ष अगाडि आएको बेमौसमी वर्षाको क्षतिले लागेको ऋण अझै चुक्ता गर्न सकेको छैन ।

यसपालि फेरि विपत्ति आयो अब यसले कति वर्ष खेद्न हो थाहा छैन तिलाठी कोइलाडी गाउँपालिका वडा(५ को कृषक गीता मण्डलले सुनाउनुभयो। बाढीले तयारी भइसकेको धान काट्न नपाउँदै बाढी पसेर धानको बाला माटोले पुरिदियो । अग्निसाइर कृष्णासवरन ५ का कृषक शम्भु मेहता बताउनुहुन्छ।

सप्तरी धान उत्पादनको कृषि ज्ञान केन्द्र सप्तरीका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७ र य७८मा जिल्लाभरि ६६ हजार एक सय ५० हेक्टरमा एक लाख ९८ हजार चार सय ५० मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७८ र ७९मा ६६ हजार तीन सय ७० हेक्टर क्षेत्रफलमा एक लाख ९९ हजार एक सय १० मेट्रिक टन धान उत्पादन भएको देखिन्छ भने आर्थिक वर्ष २०७९ र ८०मा ६४ हजार छ सय हेक्टर क्षेत्रफलमा भएको धान खेतीबाट दुई लाख छ हजार सात सय २० मेट्रिकटन धान उत्पादन भएको छ ।

चालु आर्थिक वर्षमा धान उत्पादनमा वृद्धि हुने अनुमान रहे पनि दुई लाख चार हजार मेट्रिक टनमात्र धान उत्पादनको आङ्कलन गरिएको कार्यालय प्रमुख किसुनदेव राउतले भन्नुभयो। सप्तरीमा मात्रै ७२ हजार हेक्टर खेती योग्य जमिन मध्ये यो वर्ष ६६।५ हजार हेक्टरमा धान खेती लगाइएको कृषि ज्ञान केन्द्र कार्यालय सप्तरीको तथ्याङ्क रहेको छ ।
सभार गोखापत्रबाट ललिता साहले लेखनुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८१ कार्तिक ७,बुधबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८१ कार्तिक ७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद