Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रामराज्य व्यवस्था लागु गर्नुको बिकल्प नरहेको – रामराज्य परिषदका अध्यक्षको दावि

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ जेष्ठ १३,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज १३ जेठ । नेपालमा बहुदलिय संसदिय व्यवस्था असफल भएको भन्दै अब रामराज्य व्यवस्था लागु गर्नुको बिकल्प नरहेको रामराज्य परिषदका अध्यक्षले दावि गरेका छन् ।

वीरगंज स्थित अनमोल पार्टी प्यालेशमा आज पत्रकार सम्मेलनको आयोजना गरि परिाष्दका केन्द्रिय अध्यक्ष जगतबहादुर थापाले वर्तमान व्यवस्था राष्ट्रघाति, धर्मघाती,जनघाती,पक्षपाती र अराष्ट्रबादी भएकोेले यसलाई बिस्थापित गरि सत्य,धर्म,न्याय,नैतिकता,मौलिकता र समतावाद वैदिक साम्यवादमा आधारित रामराज्य व्यवस्था लागु गर्नुको बिकल्प नरहेको बताए ।

थापाले रामराज्य परिषदले आफनौ संसद व्यवस्थापिका संसद९प्रतिकात्मक०,आफनौ सरकार प्रतिकात्मक नेपाल सरकार,आफनै आठौं संबिधान,आफनै सुरक्षा दस्ता९श्रीराम सेना समेतको अवधारण संचालनमा आउने बताए । परिषदले ल्याउने व्यवस्थामा सरकारको तिन अङ्ग हुने र ति मध्ये व्यवस्थापिक, कार्यपालिका र न्यायपालिका मध्ये मात्र २०० जनाको एकल सदनिय व्यवस्थापिका संसद हुने थापाले जानकारी दिए । थापाले कार्यपालिका ३५ जनाको हुने र मुलुकको स्थायित्वको लागि रामराज्य पक्षधर राजानै राष्ट्रप्रमुख हुने बताए ।
न्यायपालिका शतप्रतिशत निशुल्क हुने र मन्त्री र मन्त्रालयहरु नरहेने उहाँले जानकारी दिनुभयो । परिषदले मुलुलकलाई भयावह स्थिती र बिकराल परिस्थितबाट जोगाउन धर्मयुद्ध,आमुल परिर्वतन, दर्शन,सिद्धान्त,राजनितिक क्षेत्र,आर्थिक क्षेत्र,समाजिक क्षेत्र,साँस्कृतिक क्षेत्र र धार्मिक क्षेत्रमा कठोर कदम चाल्ने निर्णय गरेको छ ।

थापाले अहिलेको वर्तमान सरकार अधर्मी र क्रिश्च्यनको सरकार भएकोले यो सरकारबाट हिन्दू धर्मको रक्षा हुननसक्ने ठोकुवा गरे । थापाले मधेशमा मुस्लिमहरुको जनसंख्या व्यापक वृद्धि हुनु र बंङ्गलादेशबाट रोहिंग्या मुस्लिम शरणार्थीको रुपमा नेपाल भित्रिनु दुवै चिन्ताको बिषय भएको बताए । मटिहानीमा गुठी संस्थानको जग्गामा मुस्लिम बस्ती बसाउने नाममा गैरकानुनी रुपमा हिन्दूको जग्गा कब्जा गरिएकोमा आपति समेत जनाए ।
थापाले अहिलेको पाठयक्रम हिन्दू बिरोधि रहेकोले हिन्दू धर्म संस्कृतिलाई जोगउन संस्कृति बिषयलाई अनिवार्य गर्नुपर्ने समेत धारणा राखे । पत्रकार सम्मेलनमा बिनोद बावा लगायतको उपस्थिती थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८१ जेष्ठ १३,आईतवार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८१ जेष्ठ १३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद