Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चोरीमा संलग्न भारतमा पक्राउ ,वीरगन्जको नबिल बैंक चोरी घटना

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख २०,बिहीबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगन्जको नबिल बैंकमा चोरी भएको घटनामा संलग्नहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। भारतीय प्रहरीले बिहारको मोतिहारी जिल्ला दर्पा थाना क्षेत्रको तिनकोनी गाउँमा छापामारी गरी १८ लाख २३ हजार नेपाली रुपैया सहित उनीहरुलाई पक्राउ गरेको हो ।

विहारको झरोखर थाना क्षेत्रका मन्टु कुमार, अर्जुन कुमार र दरपा थाना क्षेत्रकी सबिता देवीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ परेकाहरु माथि विहारका विभिन्न थानामा पनि चोरीको मुद्दा दर्ता रहेको मोतीहारीका एसपी कान्तेश मिश्रले जानकारी दिए ।

बैशाख १७ गते सोमबार विहान ४ बजेको समयमा वीरगन्जको बाईपास स्थित नबिल बैंक शाखाबाट १ करोड ३४ लाख ६५ हजार रकम चोरी भएको थियो । विगतको चुनावताका भएका चोरी, लुटपाटका घटनालाई दृष्टिगत गर्दै यसपटक सुरक्षाजाँचमा कडाई गरिएको छ ।

नेपाल भारत सिमावर्ती शहर वीरगन्जको नबिल बैंकमा चोरी भएको घटना थाहा पाएर चोर समूह भारतमै भागेका हुन् भन्ने खबरको आधारमा उनीहरुको खोजतलास गरेको मोतीहारीका एसपी कान्तेश मिश्रले बताए । विशेष सूचनाको आधारमा भारत विहारको मोतिहारी जिल्ला दर्पा थाना क्षेत्रको तिनकोनी गाउँमा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु लुकेको ठाउँबाट नेपाली रुपैया १८ लाख २३ हजार, र विभिन्न गरगहना बरामद भएको भारतीय प्रहरीले बताएको छ । उनीहरुको साथबाट चोरीमा प्रयोग हुने विभिन्न औजार तथा हतियार देशी कट्टा, केही थान गोली समेत बरामद भएको छ ।

त्यसैगरी सुनको औँठी, मोटरसाइकल र केही थान मोबाइल बरामद गरेको मोतिहारी थानाका एसपी मिश्रले जानकारी दिए । पक्राउ परेको बारे नेपाल प्रहरीलाई जानकारी भईसकेको र थप जानकारीका लागि बिहीबार दिउँसो ४ बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।सभार ट्रिब्यून न्युज

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८१ बैशाख २०,बिहीबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८१ बैशाख २०,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद