Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

पर्साको ‘ठोरी छोटी भन्सार’ लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउने भयो

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख १८,मंगलवार
A A
3
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१८बैशाखः पर्साको ठोरी नाकामा बर्षौदेखि बन्द अवस्थामा रहेको ठोरी छोटी भन्सार कार्यालय बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

पर्सा जिल्ला कै दोस्रो नाका ठोरीमा अवस्थित छोटी भन्सार कार्यालयको नयाँ भवन निर्माण गरि स्तरोन्नत्ती गरिएको वर्षौ बितिसक्दापनि भन्सार विभागले कर्मचारीको व्यवस्थापन नगरिदिदाँ उक्त छोटी भन्सार कार्यालय लामो समय देखि बन्द अवस्थामा थियो ।

तर हालै संघीय सरकारको मन्त्रिपरिषद बैठकले ठोरी छोटी भन्सार कार्यालय पुन सञ्चालनमा ल्याउने निर्णय गरेकाले बुधबारदेखि ठोरी छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउन लागिएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले जानकारी दिए ।

उनका अनुसार, मन्त्रिपरिषदको निर्णय बमोजिम अर्थ मन्त्रालयको निर्देशनमा ठोरी छोटी भन्सार कार्यालयमा वीरगन्ज भन्सार कार्यालयले नायब सुब्बा अभिषेक सिंहसहित दुई जना कर्मचारी खटाइसकेको र बुधबार बिहान एक औपचारिक कार्यक्रम गरेर भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउन लागिएको हो।

बुधबारको कार्यक्रममा भन्सार विभागका महानिर्देशक डुण्डी प्रसाद निरौला, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थी लगायतको विशेष उपस्थिती रहने कर्णले मधेसखबरलाई जानकारी दिए ।

यता ठोरी गाँउपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठलेपनि ठोरी छोटी भन्सार कार्यालय बुधबारदेखि पुनः सञ्चालनमा ल्याउन लागिएको बताए ।उनले भने,‘ बुधबार बिहान ११ बजे ठोरी भन्सार कार्यालय परिसरमै एक औपचारिक कार्यक्रम हुदैंछ । कार्यक्रममा स्तरोन्नत्ती गरिएको भवनको भन्सार विभागका महानिर्देशकले समुद्घाटन गर्नु हुनेछ । भवनको समुद्घाटनसंगगै भन्सार कार्यालय पुनः सञ्चालनमापनि आउनेछ।’

यसअघि गत माघ २७ गते नै तत्कालीन अर्थमन्त्री रामशरण महत आँफै ठोरीमा आएर ठोरी छोटी भन्सार कार्यालयको समुद्घाटन र पुनः सञ्चालन गर्ने कार्यक्रम तय गरिएको थियो । तर उक्त कार्यक्रम अन्तिम समयमा आएर बिना कारण स्थगीत भएको थियो ।

पर्साको ठोरी गाउँपालिका तथा चितवनको माडी नगरपालिका र भरतपुर महानगरपालिकाका जनप्रतिनिधीहरुको संयुक्त टोलीले काठमाडौंस्थित अर्थमन्त्रालय, भन्सार विभाग लगायतका निकायमा पटकपटक पुगेर ठोरी छोटी भन्सार पुनः सञ्चालनका लागि दबाबसहितको आग्रह गर्दै आएका थिए ।

यता लामो समयको प्रतिक्षापछि ठोरी भन्सारको स्तरोन्नतिसंगगै पुनः सञ्चालनमा आउने खबरले ठोरीबासी खुसी भएका छन् । लामो समयदेखि बन्द रहेको भन्सार चल्ने भएपछि सिमावर्ती भारतीय बजारबाट किनमेल गरेर ल्याइने सामानको भन्सार राजश्व तिर्न अब वीरगन्ज नै धाउनु पर्ने बाध्यता ह्टने ठोरी बजारका होटल व्यवसायी रामशरण लामिछानेले मधेस खबरलाई बताए ।यस्तै ठोरीमा दैनिक सयौंको संख्यामा भारतीय पर्यटक आउने गरेको र उनिहरुलाई नेपालको जुनसुकै स्थानमा आवागमनमा समेत गाडी भन्सार गरी जान सकिने भएको हुँदा पर्यापर्यटनमा समेत यस कार्यले प्रत्यक्ष टेवा पुग्ने अपेक्षा गरिएको ठोरीका युवा अगुवा प्रकाश खनालले बताए । सभार मधेस खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८१ बैशाख १८,मंगलवार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८१ बैशाख १८,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद