Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home कृषि

पानी नपर्दा सुक्न थाल्यो चैते धान

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख १७,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

बेलबारी, वैशाख १७ गते । लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्न बाली सुक्न थालेको छ । चैतमा रोपेको चैते धानमा रोपेदेखि पानी नपरेपछि खेतमा धाँजा फाट्न थालेको हो । बढ्दो गर्मीसँगै वैशाख अन्तिम सम्ममा पनि पानी पर्न नसके चैते धानको उत्पादन घट्ने कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताउनुभयो । अन्न भण्डारको रूपमा मानिने मोरङमा यस वर्ष २२ हजार दुई सय हेक्टर जमिनमा चैते धान रोपिएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ ।

गत वर्षभन्दा यस वर्ष दुई सय हेक्टर बढीमा चैते धान रोपिए पनि समयमा पानी नपर्दा किसान चिन्तित रहेको प्रमुख सिंहले बताउनुभयो । “जिल्लाको १७ वटा पालिकामध्ये सुन्दरहरैँचा, बेलबारी, पथरी सनिश्चरे, उर्लाबारी, कानेपोखरी, रतुवामाई, सुनवर्षी, रङ्गेली र जहदाका किसानले विशेष गरी चैते धानको खेती गर्ने गरेका छन्”, उहाँले भन्नुभयो । गत वर्ष मौसमले राम्रो साथ दिएका कारण मोरङमा प्रति हेक्टर पाँच दशमलव छ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

“खोला एवम् पानी भएको र बोरिङ गरिएको ठाउँमा लगाइएको धान हरियो भयो, सिँचाइको पहुँच नभएको ठाउँमा लगानी पनि नउठ्ने भयो” बेलबारी ११ की किसान मैनादेवी न्यौपानेले भन्नुभयो । यस क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत धानबाली रहेकाले सिँचाइको पहुँच नपुग्ने ठाउँका किसानलाई सरकारले बोरिङको माध्यमबाट भएपनि सिँचाइ व्यवस्था मिलाउनुपर्ने माग किसानको छ । यसका लागि स्थानीय सरकारले पहल गरिरहेको बेलबारी–९ का वडाध्यक्ष शालिग्राम बस्नेतले बताउनुभयो । रासस

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रकाशित : २०८१ बैशाख १७,सोमबार
वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न
राष्ट्रिय

वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न

प्रकाशित : २०८१ बैशाख १७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद