Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

अनुचित लेनदेनसम्बन्धी ६६७ मुद्दा टुङ्ग्याइयो पर्सामा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २३,शुक्रबार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्सा, चैत २३ गते । पर्सामा अनुचित लेनदेन ( मिटरब्याज ) सम्बन्धी छ सय ६७ मुद्दा टुङ्ग्याइएको छ । साहुकर र अनुचित लेनदेन पीडितबिच जिल्लाभरिमा ६६७ वटा उजुरी टुङ्गो लागे पनि अझै एक हजार सात सय ३० वटा उजुरी सम्बोधन गर्न बाँकी छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अनुचित लेनदेनसम्बन्धी उजुरीलाई प्राथमिकताको साथ सम्बोधन गर्दै आएको बताउनुभयो । “यसअघि अनुचित लेनदेनसँग सम्बन्धित उजुरी जिल्ला प्रशासन कार्यालय आफैंले लिने गर्थ्यो”, उहाँले भन्नुभयो, “कार्यालयमा परेका उजुरीलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्साबाट अघि सम्बोधन गर्दै आएका छौँ ।”

प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार अनुचित लेनदेनसँग सम्बन्धित पाँच सय सात वटा उजुरी मेलमिलाप गरेर टुङ्गो लगाइएको र बाँकी एक हजार छ सय ५३ वटा उजुरी पर्सा प्रहरीलाई हस्तान्तरण गरिएको छ । “प्रहरीले पनि अनुचित लेनदेनको मुद्दालाई प्राथमिकतासहित मेलमिलाप गराउँदै आएको छ”, उहाँले भन्नुभयो, “यस्तोे वित्तीय एवं सामाजिक अपराधका विरुद्धमा सक्रिय भई लागिरहेका छौँ ।”

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले अनुचित लेनदेनसँग सम्बन्धित उजुरीउपर दुवै पक्षलाई छलफल गराएर टुङ्गो लगाउने प्रयास भइरहेको बताउनुभयो । “साहुकरले रु एक लाख ऋण दिएर तीन लाखसम्मको कपाली तमसुक बनाउने गरेको पनि पाइएको छ”, उहाँले भन्नुभयो, “साहुकरले ऋण दिएको रकमभन्दा दुईदेखि तीन गुणाभन्दा बढी रकम वा जग्गा दृष्टिबन्धक राखेर सामाजिक अपराध गरिरहेका छन् । अहिले हामीले दुवै पक्षलाई बोलाएर समस्या समाधान गरिरहेका छौँ ।”

प्रहरी नायब उपरीक्षक थापाले कतिपय उजुरीकर्ताले दुःख दिने नियतले पनि उजुरी गरेका बताउनुभयो । “कतिपय उजुरीकर्तालाई बारम्बार छलफलको लागि बोलाउँदा पनि नआउने समस्या भएको छ ।” पर्सा जिल्लामा अनुचित लेनदेनसँग सम्बन्धित उजुरी एक हजार सात सय ३० छन् ।

जिल्ला प्रहरी कार्यालयले गत फागुन १ गतेदेखि अनुचित लेनदेनको उजुरी दर्ता गर्न थालेको हो । जिल्ला प्रशासन कार्यालयबाट हस्तान्तरण भएका एक हजार छ सय ५३ र प्रहरीमा दर्ता भएका दुई सय २७ गरी कूल उजुरी सङ्ख्या एक हजार ८८० पुगेको छ । यीमध्ये प्रहरीले एक सय ६० उजुरी मेलमिलापको माध्यमबाट टुङ्गो लगाएको छ ।

हाल पर्सा प्रहरीमा कूल उजुरी सङ्ख्या एक हजार सात सय ३० रहेको छ । पर्सा प्रहरीका अनुसार मेलमिलापबाट रु चार करोड ५२ लाख ९५ हजार आठ सय रकमको बिगो टुङ्गो लागेको छ । अनुचित लेनदेनसँग सम्बन्धित चार वटा मुद्दा भने जिल्ला अदालत पर्सामा दर्ता भएका छन् । प्रहरीले साहुकरबाट अनुचित लेनदेन पीडितलाई एक बिघा १५ कट्ठा पाँच धुर ४५ कनवा जग्गा फिर्ता गराएको छ । सभार – गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८० चैत्र २३,शुक्रबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० चैत्र २३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद