Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाल सुधार गृहमा ४७ बालकलाई देखिए छालाको समस्या

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २३,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,
वीरगञ्ज स्थित बाल सुधार गृहमा रहेका बालकको छाला जाँच गरिएको छ । नारायणी अस्पतालका छाला रोग विशेषज्ञ डा. रोहित गुप्ता नेतृत्वको टोली गृहमा पुगेर छाला जाँच गरेका हुन् ।

गृहमा १ सय १८ जना बालक राखिएका छन् । छालाको समस्या देखिएका ४७ जना बालकको स्वास्थ्य परीक्षण गरिएको बाल सुधार गृहले जनाएको छ । समूहमा बस्ने उनीहरुमा नियमित छाला सम्बन्धि विभिन्न समस्या देखिँदै आएको थियो ।

बाल सुधार गृहका निमित्त कार्यालय प्रमुख कृष्णा प्रसाद साहका अनुसार गृहमा क्षमता भन्दा बढी बालक राखिएका छन् । जसका कारण उनीहरुमा छाला सम्बन्धि विभिन्न सदस्य देखिने गरेका छन् । ‘गृहको क्षमता कम्तीमा ५० बढीमा ६० सम्म हो, तर तीन गुणा बढीलाई राख्नु परेको छ ।’ उनले भने,‘ एउटा कोठामा १०–१५ जना बस्छन्, त्यसैले उनीहरु छालाका विभिन्न सरुवा रोगले हैरान थिए, उनीहरुलाई राहत होस भनेर शिविर राखेका हौं ।’

एक एक जना गरेर अस्पताल लैजान समस्या हुने हुँदा विभिन्न संघ संस्थाको सहयोगमा चिकित्सक सहितको टोलीलाई गृहमा बोलाएर उपचार गर्न लगाइएको उनले बताए । ‘ एकैपटक धेरै जनामा छालाको समस्या देखियो, एक जनालाई उपचार ग¥यो, फेरि अर्कोबाट सर्छ, सबैलाई बाहिर लैजान समस्या हुन्छ ।’ उनले भने, ‘ त्यसैले गृहमा नै शिविर राखेर एकै पटक उपचार गरेका हौं ।’

शिविर आयोजक टोली
बिहीबार छाला जाँच शिविरमा आएका गृहका बालकमा दाद र लुतोको समस्या देखिएको छाला रोग विशेषज्ञ डा. गुप्ताले बताए । ‘ अस्पतालमा एक एक जनालाई ल्याएर उपचार गरिरहन्थे, सरुवा रोग भएकोले सबैलाई एकैपटक उपचार गरेपछि मात्रै निराकरण हुन्छ । भनेर सर–सल्लाह भयो ।’ उनले भने, ‘ यसपटक सबैको उपचार गरेका छौं । यसले उनीहरुलाई राहत मिल्छ ।’

जाँच पछि उनीहरुलाई औषधी समेत वितरण गरिएको टिपीओ नेपालको मनोपरामर्शकर्ता रञ्जु भण्डारीले जानकारी दिइन् ।
‘ धेरै जनालाई एकैपटक छाला सम्बन्धी समस्या देखिएको थियो, एकै पटक अस्पताल लैजान समस्या हुने भएकोले शिविर राखेका हौं ।’ उनले भनिन्, ‘ समस्या पहिचान गरेपछि समाधानका लागि औषधि पनि वितरण गरेका छौं ।’

वीरगञ्ज महानगरपालिका स्वास्थ्य महाशाखा, पर्सा चिकित्सक श्रीमति संघ, क्वेष्ट फर्मास्युटिकल्स, समर फर्मा कम्पनी प्रा।ली।ले औषधी सहयोग गरेका थिए । स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक अनिशकान्त कुशवाहाले छालामा देखिने संक्रमण सर्ने हुँदा एउटै कोठामा बस्ने सबैलाई एकैपटक उपचार गर्दा लाभदायक हुने बताए ।
सभार ईसनेश ईसनेश

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८० चैत्र २३,शुक्रबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० चैत्र २३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद