Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

विदेशमा काम गर्ने क्रममा ज्यान गुमाउने श्रमिकको सङ्ख्या बढ्दो

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र १९,सोमबार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, चैत १९ गते । वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको विप्रेषणबाट देशको अर्थतन्त्रमा ठुलो टेवा मिलेको भनिरहँदा विदेशमा काम गर्ने क्रममा ज्यान गुमाउने श्रमिकको सङ्ख्या बढेको छ ।

चालु आर्थिक वर्ष २०८०र८१ को आठ महिनामा एक हजार २५५ युवाले विदेशी भूमिमा ज्यान गुमाएका छन् । आव २०७९र८० मा एक हजार २०८ जनाले ज्यान गुमाएका थिए । जुन सङ्ख्या गत आवको तुलनामा चालु आवको आठ महिनामा ४७ जनाले बढी हो ।

यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेहरूको सङ्ख्या धेरै छ । वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका परिवारका सदस्यले बोर्डको सचिवालयबाट सात लाख आर्थिक सहायता पाउँदै आएका छन् ।

पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिक मृत्युकुण्डमा होमिन पुगेका हुन् । तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका लागि दैनिक औसतमा एक हजार नौ सय बढी श्रम स्वीकृति लिएर जाँदा पाँच वटा शव काठको बन्द बाकसमा नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् । बोर्डका पछिल्लो आठ महिनाको अवधिमा साउदी अरबबाट ५१४, मलेसियाबाट ३३३, कतारबाट १२३ र संयुक्त अरब इमिरेट्स ९युएई० बाट ८२ जना नेपालीको शव नेपाल ल्याइएको छ । यीमध्ये १९७ वटा शव बोर्डको खर्चमा सम्बन्धित देशको दूतावास, गैरआवासीय नेपाली सङ्घलगायतको समन्वयमा नेपाल ल्याइएको बोर्डले जनाएको छ ।

गत आव २०७९र८० मा सात लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर बिदेसिएका थिए । उक्त वर्ष औसतमा दैनिक दुई हजार ११३ जनाभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका थिए । विभागका अनुसार, चालु आव २०८०र८१ को साउनदेखि फागुनसम्मको आठ महिनाको अवधिमा श्रम स्वीकृति लिई चार लाख ७१ हजार २१० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । चालु आव सुरु भएपछि दैनिक औसतमा एक हजार ९६३ जनाभन्दा बढी वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

बोर्डका प्रवक्ता टीकाराम ढकालका अनुसार चालु आवमा मात्रै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकामध्ये ८१७ मृतकको परिवारले सात लाखका दरले आर्थिक सहायता लिइसकेको र बाँकीको दिने प्रक्रियामा रहेको छ ।

गत आवमा मृत्यु भएका एक हजार २०८ जनाको परिवारलाई बोर्डले आर्थिक सहायतास्वरूप ६५ करोड ५१ लाख ८० हजार रुपियाँ प्रदान गरेको थियो । ढकालका अनुसार आव २०६५र६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १३ हजार ४४ जनाको परिवारलाई आर्थिक सहायतास्वरूप चार अर्ब ८६ करोड ३० लाख ४४ हजार रुपियाँ उपलब्ध गराइएको छ ।

चालु आवको आठ महिनामा वैदेशिक रोजगारीका क्रममा बिरामी, अङ्गभङ्ग भएका ३३३ जनालाई आर्थिक सहायतास्वरूप १० करोड छ लाख ३५ हजार रुपियाँ उपलब्ध गराइएको छ ।

बोर्डका अनुसार आव २०६५र६६ देखि २०८०र८१ को फागुनसम्म ९१५ वर्ष आठ महिनामा वैदेशिक रोजगारीमा गएका १३ हजार ३९५ जनाको मृत्यु भएको छ । मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम स्थानीय तहमा निवेदन दिएर अनलाइनमार्फत कागजात चेकजाँच गर्ने प्रविधिको विकास गरेसँगै सेवाग्राही सङ्ख्या बढेको बोर्डको दाबी छ ।

वैदेशिक रोजगारीका क्रममा अधिकांशको मुत्युको कारण कार्यस्थलको दुर्घटना र सडक दुर्घटना रहेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गर्ने गरेका छन् । मृत्यु हुनेमध्ये अधिकांश सडक दुर्घटना, प्राकृतिक मृत्यु तथा आत्महत्याको ठुलो सङ्ख्या छ ।

नेपालले वैदेशिक रोजगारमा मृत्यु हुनुको प्रमुख कारण सामान्य सिप र सूचनाबिना नै विदेश जाने गरेको बताउने गरिएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये ४६ प्रतिशत अदक्ष युवा विदेश जाने गरेको र त्यो सङ्ख्या जोखिममा पर्ने गरेका छन् ।

चालु आव २०८०र८१ को सात महिनामा वैदेशिक रोजगारीबाट आठ खर्ब ३९ अर्ब विप्रेषण भित्रिएको छ । चालुु आवको आठ महिनामा चार लाख ७१ हजार रोजगारीका लागि बिदेसिँदा सो अवधिमा एक हजार २५५ जना श्रमिकले विदेशी भूमिमा काम गर्दागर्दै ज्यान गुमाएका छन् । सभार गोरखापत्र अनलाइन

यो समाचार पत्रकार सीता शर्मा गोरखापत्र अनलाइन लेखनु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८० चैत्र १९,सोमबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० चैत्र १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद