बारा। आज (शुक्रबार) महाशिवरात्रि पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँएको छ ।
आज महाशिवरात्रिका दिन बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ बहुअरी टोलमा आराध्यदेव महादेवको पूजा आराधनासहित शिवको धुनी बलाी मनाउने परम्परलाई निरन्तर दिएको छ । आजका दिन यस टोलका समुदाय हरुबाट चन्दा असुली बेलनुका आराध्यदेव महादेवको पूजा आराधनासहित शिवलाई चढाइने शिबरात्रीमा भांङ धतुरोको परम्परा सहित फलफुल, नैवेद, पन्चामृत, हलुवालाई प्रसादी मानेर शिबजिको पुजा गरिएको छ ।
यस टोलमा आफ्नो रोजगारी तथा ब्यवसायको सिलसिलामा बस्दै आएका हिन्दु दाजुभाई दिदिबहिनीहरुलाई आफ्नो धर्म संस्कृतिप्रति श्रद्धाभाव झल्काउदै शिव धुनीको आयोजना गरिएको कार्यक्रम उदाहरणीय भएको कार्यक्रममा सहभागी स्थानीय दिलिप खतिवडाले प्रतिक्रिया दिएका छन् ।
महादेवको पूजा आराधनाका लागि पर्साको चिनीमेल स्थित रहेको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । नदीमा स्नान गरी शुद्ध भई बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ ।
आज बिहानैबाट भक्तजनहरु पशुपतिनाथको पूजा गर्नका लागि लामवद्ध भएर बसेका छन् । फागुण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
© 2024



