Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

१५ शैय्याको अस्पताल बन्ने गाउँपालिकाको नाममा फिर्ता ल्याएको जग्गामा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १८,शुक्रबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिकाले फिर्ता ल्याएको जग्गामा अस्पतालन निर्माण गर्ने भएको छ । साविकको विजवानिया गाविस वडा नम्बर २ मा रहेको नदि किनारको कित्ता नम्बर ६२ को तीन बिघा १८ काठ्ठा जग्गा दुई जना व्याक्तिले मालपोत कार्यालयका कर्मचारीको मिलोमतोमा आफ्नो नाममा कायम गराएका थिए ।

मालपोत कार्यालयले फाल्गुन १५ गते जगरनाथपुर गाउँपालिकाको नाम दर्ता गरि लालपुर्जा दिएको गाँउपालिका अध्यक्ष यादवले बताए । उक्त जग्गामा गाँउपालिकाले छिट्टै १५ शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने निर्णय गर्ने गाँउपालिका अध्यक्ष यादवले बताए ।

जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ विजवनियामा फर्जी कागजातको आधारमा व्यक्तिको नाममा गरिएको झण्डै चार बिघा सार्वजनिक जग्गा गाँउपालिकाले फिर्ता गराएको हो । केही वर्ष पहिले बहुदरमाई नगरपालिका वडा नम्बर २ विश्रामपुरकी चन्द्रकली कुर्मीन् र त्यही स्थानका महेन्द्र प्रसाद गोढले मालपोत कार्यालयमा फर्जि कागजात पेश गरेर उक्त जग्गा संयुक्त रुपमा आफ्नो नाममा दर्ता गराए थिए ।

जग्गा अतिक्रमणको बारेमा विजवनियाका स्थानीयले जगरनाथपुर गाउँपालिका कार्यालयमा जानकारी गराएपछि गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले मालपोत कार्यालय पर्सामा जग्गा गाँउपालिकाको स्वामित्वमा फिर्ता गराउन पत्र पठाएका थिए ।

गाँउपालिकाले पठाएका प्रमाणसहितका कागजातको मालपोत कार्यालयले अध्ययन गरेपछि उक्त जग्गा चन्द्रकली कुर्मीन् र महेन्द्र प्रसाद गोढको भएको ठहर नभएपछि उनीहरुको नाममा दर्ता रहेको जग्गाको लालपुर्जा खारेज गरी गाउँपालिकाको नाममा फिर्ता गरेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० फाल्गुन १८,शुक्रबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८० फाल्गुन १८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद