Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

जिल्लामा यातायात व्यवसायीदेखि सर्वसाधारण ट्राफिक प्रहरीद्वारा जरिमानाको नाममा ठगिँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर ११,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जरिमानाका नाममा ‘कमाउने धन्दा’ गरेको रहस्य खुलेको छ ।

मधेस प्रदेशअन्तर्गत आठवटै जिल्लामा यातायात व्यवसायीदेखि सर्वसाधारण ट्राफिक प्रहरीद्वारा जरिमानाको नाममा ठगिँदै आएको पाइएको हो ।

भारत बिहार राज्य सिक्टाबाट विश्वप्रसिद्ध गढीमाई मन्दिर दर्शन गर्न आउने यात्रुसमेत ठगिएको पाइएको छ ।

करिब ५० किलोमिटर भारत बिहार सिक्टाका सुनिललाल साह तेली परिवारसँगै वीरगन्ज बस्ने आफन्तको ना६२प ९०८५ नम्बरको टीभीएस मोटरसाइकल लिएर गढीमाई दर्शन गर्न बिहानै ५ बजे आएको सुनाए ।

गढीमाई मन्दिर धेरै आशा गरेर दर्शन गर्न आएको उनकी पत्नी सीता देवीले बताइन् । दर्शन गरेर फर्कने क्रममा बिहान ७ बजे एक्कासि ट्राफिक प्रहरीले गाडी रोकेको उनी बताउँछिन् । ‘मोटरसाइकलको ब्लुबुक दियौं, लाइसेन्स नभएकाले नगद १ हजार माग गरे,’ उनले भनिन्, ‘घर जान ट्रेन छुट्ने हतार भएकाले पैसा दियौं तर रसिद दिन मानेनन् ।’ कुनै पनि हालतमा रसिद चाहिन्छ भनेपछि ती ट्राफिक प्रहरीले गाली गलौजसमेत गरे । केही नलाग्ने देखेपछि ५ सयको रसिद काटेर पैसा फिर्ता दिएर बैंकमा जम्मा गरेर रसिद लिएर आउन भनिएको उनले बताए ।

ट्राफिक प्रहरीले मागेको हजारको रसिद मागेकै कारण जरिमानाका नाममा करिब ३ घण्टाभन्दा बढी दौडाएको तेली दम्पतीको दुखेसो छ । ‘घुस रकम नदिँदा रसिद काट्ने र इन्ट्रीबिनै पैसा तिर्न पठाउने विभिन्न बहानामा दुःख दिने गरेको’ उनीहरूले सुनाए ।

ट्राफिक प्रहरीले गुडिरहेको सवारीसाधन चेकजाँच गर्नु सुरक्षा दृष्टिकोणले सराहनीय रहेको नागरिक समाज बारा अध्यक्ष उमेशलाल दास बताउँछन् । ब्लुबुक, लाइसेन्स, बिनाहेल्मटलगायतमा जरिमाना गर्नु राज्यको हितमा रहेको दासले बताए ।

‘इन्टरनेटको जमानामा अनलाइनबाट ठाउँको ठाउँ जे पनि हेर्न, अनलाइन सपिङ पेमेन्ट गर्न सकिने भएकाले नै सरकारले जरिमाना पनि अनलाइन गरेको मेरो बुझाइ छ,’ अध्यक्ष दास भन्छन् ।

ट्राफिक प्रहरीले बंैक खुल्ने समयबाहेक जरिमाना काट्यो भने सवारीधनीको एक मात्र विकल्प हुन्छ, अनलाइन पेमेन्ट । जरिमाना काट्नेबित्तिकै अनलाइन ‘इन्ट्री’ गरिदिँदा सवारीसाधनलाई बैंक कुद्ने झन्झटमुक्त हुने नागरिक समाज अध्यक्ष दास बताउँछन् ।

कलैया ट्राफिक इन्चार्ज छेम पंगेनी ‘प्राविधिक कारणवस त्यस्तो भुलचुक भएको’ स्विकार्छन् । आफूमातहतको प्रहरीले ‘कुनै किसिमको आर्थिक लेनदेन गरेको देखिए तुरुन्त कारबही प्रक्रिया अगाडि बढाउने’ प्रतिबद्धतासमेत उनले जनाए ।

त्यस्तै, वीरगन्ज भन्सार कार्यालय आईसीपी र सुक्खा बन्दरगाहबाट विभिन्न कलकरखानाका लागि कच्चा पदार्थ ढुवानी गर्ने सवारीसाधनबाट जरिमानाका नाममा असुली गरी प्रहरी उपरीक्षकसम्म पुग्ने गरेको बताइएको छ ।

वीरगन्ज पथलैया सडकखण्डमा चल्ने अधिकांश सवारीसाधन ओभरलोड, सडक पेटीमै पार्किङ गरेकाले नै दुर्घटना बढ्दै गरेको सिमराका मनोज साह बताउँछन् ।

मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष २०७९÷८० मा २६ करोडभन्दा बढी राजस्व संकलन गरेको मधेस प्रदेश ट्राफिक प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी गराए । मधेस प्रदेशमै ५ हजार ९ सय ८८ सवारी दुर्घटना भएको पनि उनले जानकारी दिए । जसमा ८ हजार ३ सय ७६ सवारीसाधन क्षतिग्रस्त भएका छन् ।

आव २०७९–८० मा ५ सय ५६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए भने ९ हजार ६ सर ७० घाइते भएको काफ्लेले जानकारी दिए ।सभार राजधानी डेली

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८० मंसिर ११,सोमबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० मंसिर ११,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद