Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

महोत्तरीमा डकैती गर्ने दुई डाका पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २९,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर, कार्तिक २९ । महोत्तरीमा डकैती गर्ने दुई डाका पक्राउ परेका छन् । हतियार देखाएर धनमाल लुटपाट गरेको आरोपमा दुई डाँकालाई प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ परेका दुबैजना डाँकालाई प्रहरीले चलाएको गोलीबाट घाइतेसमेत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका २ बस्ने ३२ वर्षिय शक्ति पासवान र ३३ वर्षिय अजय पासवान रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिनका लागि दुवै आरोपितको बाँया खुट्टामा चलाएको गोली लागेर घाइते भएको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।
उनले बताएअनुसार मंगलबार दिउँसो रौतहटको गरुडाबाट दुबैजनालाई पक्राउ गरेर महोत्तरी ल्याउने क्रममा सर्लाहीको संग्रामपुरमा महोत्तरी प्रहरीको गाडी बिग्रेको थियो । सोही क्रममा सर्लाही प्रहरीको गाडी सहयोग लिई महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ५ स्थित ल्याइएको थियो । राति करिब १० बजे महोत्तरी प्रहरीको अर्को भ्यानमा दुवैजनालाई राख्ने क्रममा हतकडीसहित हामफालेर भाग्न खोज्दा उनीहरुलाई नियन्त्रणमा लिनका लागि तीन राउण्ड गोली प्रहार गर्दा उनीहरुको बायाँ तिघ्रा र एक जनाको खुट्टामा गोली लागि घाइते भएपछि भाग्न नसकेको र त्यसपछि पुनः पक्राउ गरेको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गिरीले बताए । उनीहरुको जलेश्वर स्थित प्रादेशिक अस्पताल भइरहेको छ ।
गत कार्तिक २० गते राति करिब २ः३० बजेको समयमा करिब ८ जनाको संख्यामा रहेका लुटेराहरु मध्येमा यी दुई जना पनि रहेका थिए । यी दुई जना आरोपित महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ८ स्थित सानो रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा हातहतियार देखाई लुटपाट गरेको थियो । सोक्रममा घरमा रहेको सबैलाई आक्रमण तथा कुटपी गर्दै ४० तोला सुुनको गरगहना, चाँदीको ४५ तोलाको गरगहना, मोबाइल आइ–फोन थान १, नगद १ लाख ७५ हजार रुपैयाँ लुटपाट गरी लगेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
महोत्तरी प्रहरीले अनुसन्धान गर्ने क्रममा डकैती गर्ने मध्येका केही व्यक्ति मंगलबार ३ बजेको समयमा रौतहटको गरुडाबाट शक्ती कपुर र अजयलाई पक्राउ गरेको उनले बताए । पक्राउ परेका शक्ति कपुरको साथबाट १ थान कटुवा पेस्तोल र सो पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली बरामद भएको उनले बताए । पक्राउ परेका आरोपित दुवैजनामाथि मुलुकी अपराध सहिता २०७४ को परिच्छेद २०को दफा २४४ बमोजिम सजाय हुने प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८० कार्तिक २९,बुधबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० कार्तिक २९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद