Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

महोत्तरीमा डकैती गर्ने दुई डाका पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २९,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर, कार्तिक २९ । महोत्तरीमा डकैती गर्ने दुई डाका पक्राउ परेका छन् । हतियार देखाएर धनमाल लुटपाट गरेको आरोपमा दुई डाँकालाई प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ परेका दुबैजना डाँकालाई प्रहरीले चलाएको गोलीबाट घाइतेसमेत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका २ बस्ने ३२ वर्षिय शक्ति पासवान र ३३ वर्षिय अजय पासवान रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिनका लागि दुवै आरोपितको बाँया खुट्टामा चलाएको गोली लागेर घाइते भएको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।
उनले बताएअनुसार मंगलबार दिउँसो रौतहटको गरुडाबाट दुबैजनालाई पक्राउ गरेर महोत्तरी ल्याउने क्रममा सर्लाहीको संग्रामपुरमा महोत्तरी प्रहरीको गाडी बिग्रेको थियो । सोही क्रममा सर्लाही प्रहरीको गाडी सहयोग लिई महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ५ स्थित ल्याइएको थियो । राति करिब १० बजे महोत्तरी प्रहरीको अर्को भ्यानमा दुवैजनालाई राख्ने क्रममा हतकडीसहित हामफालेर भाग्न खोज्दा उनीहरुलाई नियन्त्रणमा लिनका लागि तीन राउण्ड गोली प्रहार गर्दा उनीहरुको बायाँ तिघ्रा र एक जनाको खुट्टामा गोली लागि घाइते भएपछि भाग्न नसकेको र त्यसपछि पुनः पक्राउ गरेको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गिरीले बताए । उनीहरुको जलेश्वर स्थित प्रादेशिक अस्पताल भइरहेको छ ।
गत कार्तिक २० गते राति करिब २ः३० बजेको समयमा करिब ८ जनाको संख्यामा रहेका लुटेराहरु मध्येमा यी दुई जना पनि रहेका थिए । यी दुई जना आरोपित महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ८ स्थित सानो रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा हातहतियार देखाई लुटपाट गरेको थियो । सोक्रममा घरमा रहेको सबैलाई आक्रमण तथा कुटपी गर्दै ४० तोला सुुनको गरगहना, चाँदीको ४५ तोलाको गरगहना, मोबाइल आइ–फोन थान १, नगद १ लाख ७५ हजार रुपैयाँ लुटपाट गरी लगेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
महोत्तरी प्रहरीले अनुसन्धान गर्ने क्रममा डकैती गर्ने मध्येका केही व्यक्ति मंगलबार ३ बजेको समयमा रौतहटको गरुडाबाट शक्ती कपुर र अजयलाई पक्राउ गरेको उनले बताए । पक्राउ परेका शक्ति कपुरको साथबाट १ थान कटुवा पेस्तोल र सो पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली बरामद भएको उनले बताए । पक्राउ परेका आरोपित दुवैजनामाथि मुलुकी अपराध सहिता २०७४ को परिच्छेद २०को दफा २४४ बमोजिम सजाय हुने प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० कार्तिक २९,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० कार्तिक २९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद