Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महागढीमाई मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिने छ : जासपा अध्यक्ष यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ७,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले महागढीमाई मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिने बताएका छन् ।

बिहिबार बाराको महागढीमाई नगरपालिकास्थित बरियारपुरमा आयोजित वृहत चुनावीसभालाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनको तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका यादवले महागढीमाई मन्दिर विकास कोष र समिति स्थापना गरेर यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित गर्ने बताएका हुन् ।

उनले भने, ‘महागढीमाई मन्दिर एउटा धार्मिक स्थल मात्र होइन । ऐतिहासिक पर्यटकीय स्थलपनि हो । यसको विकास गरेर यहाँका स्थानीयहरुको समृद्धिको लागि काम गर्नुछ । काठमाडौँमा पशुपतिनाथ मन्दिरको विकास कोष र लुम्बिनी विकास कोष जस्तै यस क्षेत्रमा महागढीमाई क्षेत्र विकास कोष स्थापना गरेर यसलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित गर्न पहल गर्नेछु ।’

उनले पाँच दलीय गठबन्धनले आफूलाई बारा जिल्लाको जनताको बीचमा रहेर काम गर्ने उद्देश्यले पठाएको हुँदा आफू निर्वाचित भएपछि यस क्षेत्रको जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्ने बताए । उनले भने, ‘मलाई बारा जिल्लाको जनताको बीच रहेर काम गर्न पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाएर पठाएको छ । म अब यहीँ तपाईँसँग काँधमा काँध मिलाए अगाडि बढ्छु । यहाँको विकास निर्माणको कामलाई पूरा गर्छु । बारा-२ मात्र नभइ समग्र जिल्लाको समृद्धिको लागि काम गर्छु ।’

यादवले निर्माणको पर्खाइमा रहेको बाराको निजगढ विमानस्थलको काम पनि छिट्टै सुरु गरिने बताउँदै भने, ‘बारामा एउटा अन्तराष्ट्रिय स्तरको विमानस्थलको आवश्यकता छ । जुन छिट्टै पूरा हुन्छ । जग्गा अधिग्रहण र मुआब्जालगायतको विषयलाई छिटोभन्दा छिटो समाधान गरेर विमानस्थल निर्माणको कामलाई अगाडि बढाउँन म सम्माननीय प्रधानमन्त्रीसँग अनुरोध गर्न चाहन्छु ।’

नेकपा एमालेका अध्यक्ष केपी ओलीका कारण नागरिकता विधेयक पास नभएको यादवले आरोप लगाए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दुईदुई पटक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट समेत नागरिकता विधेयक पास गरेर पठाउँदासमेत एमाले अध्यक्ष केपी ओलीको इसारामा तत्कालिन राष्ट्रपति विद्यादेव भण्डारीले त्यसलाई प्रमाणीकरण नगरेको उनले आरोप लगाए । उनले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग नागरिकता विधेयक पास गर्न आफूले पहल गर्ने बताए ।

त्यस्तै उनले बारामा रहेका राजमार्गहरुलाई भारतको सिमासम्म पुर्‍याएर चार लेनको सडक बनाउने, कोरोनाको कारण बन्द रहेको कवही छोटी भन्सारलाई पुन: सूचारु गराउने जस्ता काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यहाँको किसानलाई सिँचाइको व्यवस्था गर्नै पनि बताए । किसानको खेत खेतमा सिँचाई पुर्‍याउने तथा मल खाद उपलब्ध गराउन सरकारलाई उनले आग्रह गरे । घरविहिन नागरिकलाई सरकारको जनता अवाज योजनाअन्तर्गत अवासको व्यवस्था गर्नुपर्ने उनले बताए । यस्तै उनले बारामा गुणस्तर शिक्षा प्रणालीको विकास गर्ने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० बैशाख ७,बिहीबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० बैशाख ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद