काठमाडौं । नेकपा (एमाले)ले बारा क्षेत्र नम्बर २ मा नेता पुरुषोत्तम पौडेललाई उमेदवार बनाउने तयारी गरेको छ ।
वैशाख १० गते हुने उपनिर्वाचनमा एमालेले पोलिट्ब्युरो सदस्य पौडेललाई उमेदवार बनाउन लागेको एक नेताले जानकारी दिए ।
“पार्टीले उहाँलाई उमेदवार बनाउने प्रबल सम्भावना छ । पार्टीको निर्णयमा उहाँले नाइँनास्ती गर्नुहुन्न भन्ने लागेको छ,” पोलिट्ब्युरो सदस्य समेत रहेका ती नेताले भने ।
- बारा–२ मा उपेन्द्र यादवलाई टक्कर दिन लोसपाबाट राजेन्द्र महतो उमेदवार बन्दै
पौडेल ०४३ को निजगढका जनपक्षीय प्रधानपञ्च हुन् । उनी ०५१ सालको संसद् र दोस्रो संविधानसभाका सदस्य हुन् । त्यसपछि ०४८ र ०५६ मा बारा–३ बाट पराजित भएका थिए । उनी झलनाथ खनाल प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार थिए ।
२०७० सालमा युवा तथा खेलकुदमन्त्री बनेका थिए । खेलकुद परिषद्को सदस्यसचिव नियुक्ति विवादमा परेका उनी अख्तियारको निर्देशनमा मन्त्रीबाट हटाइएका थिए । साभार : १२ खरी