Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home कृषि

प्रसौनीमा अनुदानको मल कालोबजारी भएको आरोप, निष्पक्ष छानबिनको माग

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ असार ९,मंगलवार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

बारा — प्रसौनी गाउँपालिका–५ प्रस्टोकास्थित राधा कृष्ण सहकारी संस्थाले सरकारी अनुदानमा प्राप्त मल भारतीय बोरामा पुनः प्याकेजिङ गरी महँगो मूल्यमा बिक्रीवितरण गरेको भन्दै स्थानीयस्तरमा गुनासो बढेको छ।

स्थानीयवासी तथा स्रोतहरूले सहकारीसँग सम्बन्धित व्यक्तिहरूले अनुदानमा प्राप्त डिएपी र युरिया मल भारतीय बोरामा पल्टी गरी बजार मूल्यभन्दा बढी रकम लिएर बिक्री गर्दै आएको आरोप लगाएका छन्। उनीहरूले सहकारीका सञ्चालक शिवशंकर साह तथा अन्य केही व्यक्तिको संलग्नतामा यस्तो गतिविधि भइरहेको दाबी गरेका छन्।

स्थानीयका अनुसार ट्रकमार्फत ठूलो परिमाणमा मल ओसारपसार गरी अवैध कारोबार हुने गरेको आशंका समेत गरिएको छ। यद्यपि, यी आरोपहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन्।

यसैबीच, केही दिनअघि इलाका प्रहरी कार्यालय प्रसौनीले विशेष सूचनाको आधारमा छापा मारेर एक सयभन्दा बढी बोरा मल बरामद गरेको जनाएको छ। प्रहरीले बरामद मल आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकाय तथा भन्सार कार्यालयतर्फ पठाइएको जानकारी दिएको थियो।

छापापछि पनि सहकारीसँग सम्बन्धित फर्ममार्फत मल बिक्रीवितरण भइरहेको स्थानीयको दाबी छ। खेतीपातीको मुख्य सिजनमा किसानहरूले मल अभावको समस्या भोगिरहेका बेला अनुदानमा उपलब्ध गराइएको मलको दुरुपयोग भएको आरोप गम्भीर रहेको उनीहरूको भनाइ छ।

स्थानीयवासीहरूले सरकारले उपलब्ध गराएको अनुदानको मल लक्षित किसानसम्म सहज रूपमा पुग्नुपर्नेमा केही व्यक्ति वा संस्थाले व्यक्तिगत लाभका लागि दुरुपयोग गरेको आशंका व्यक्त गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।
यस विषयमा राधा कृष्ण सहकारी संस्था तथा आरोपित व्यक्तिहरूसँग प्रतिक्रिया लिन प्रयास गरिएको भए पनि सम्पर्क हुन सकेन।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान
धर्म

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान

प्रकाशित : २०८३ असार ९,मंगलवार
परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला
धर्म

परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला

प्रकाशित : २०८३ असार ९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद