Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

विधार्थी संगठनहरुको विवादले ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचन अन्यौलमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,३० फागुन । वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन , मतदाता नामावली बारेको विवादले फेरि अन्यौलमा परेको छ ।मतदाता नामावलीका विषयमा विधार्थी संघसंगठन र क्याम्पस प्रशासन बिच पटक पटक हुदै आएको विवादका कारण स्ववियु निर्वाचन अन्यौलमा परेको हो ।

मतदाता नामावलीकै बारे विधार्थी संघसंगठनले विवाद गरेपछि निर्वाचन समितिले चैत ५ मा हुने निर्वाचन , तीन दिन पछि धकेलेर चैत ८ गते गर्ने गरि सोमबार साँझ नयाँ मतदाता नामावली सहित संशोधित निर्वाचन तालिका सार्वजनिक गरेको थियो । तर सोमबार साँझ सार्वजनिक मतदाता नामावली प्रति फेरि विवाद जनाउदै विधार्थी संघसंगठनहरुले मङगलबार बिहान क्याम्पसको विभिन्न शाखामा तालाबन्दी गरेका छन् । यसले चैत ८ मा निर्वाचन समितिले तोकेको निर्वाचन फेरि अन्यौलमा परेको हो ।

सोमबार साँझ निर्वाचन समितिले ९ हजार ७ सय मतदाता सहितको मतदाता नामावली प्रकाशन गरेको हो । तर फोटो सहितको मतदाता नामावली प्रकाशन गर्नु पर्ने माग राख्दै मङगलबार बिहान नेपाल विधार्थी संघ , अनेरास्ववियु , अखिल क्रान्तिकारी , समाजवादी विधार्थी युनियनले क्याम्पस प्रमुखको कार्यकक्ष , निर्वाचन समितिको कार्यालय , सुचना प्रविधी शाखा र विधार्थी कल्याण तथा खेलकुद शाखामा तालाबन्दी गरेका हुन् ।

फोटो सहितको मतदाता नामावली प्रकाशन र मतदाता विधार्थीहरुको परिचयपत्र वितरण गरेपछि मात्र निर्वाचन तालिका प्रकाशन गर्नु पर्ने आफुहरुको माग रहेको समाजवादी विधार्थी युनियनका क्याम्पस इकाई उपाध्यक्ष शशी सर्राफले बताए ।यी दुवै काम नभए सम्म निर्वाचन प्रकृया अगाडि बढ्न नदिने भन्दै उनले क्याम्पस प्रशासनले बेवास्ता गरे सम्पूर्ण विधार्थी संघसंगठनहरु आन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।

यअघि फागुन २१ गते क्याम्पस प्रशासनले प्रकाशन गरेको मतदाता नामावली प्रति पनि विरोध जनाउदै फागुन २६ गते विधार्थीहरुले क्याम्पसको विधार्थी कल्याण तथा खेलकुद शाखामा आजगनी नै गरेका थिए । फागुन २१ गते क्याम्पसले प्रकाशन गरेको मतदाता नामावलीमा मतदाता संख्या १० हजार २३२ थियो । तर विधार्थी संघसंगठनहरुले १ हजार भन्दा बढि फर्जि विधार्थीको नाम समेत मतदाता नामावलीमा समावेश गरिएको भन्दै विरोध जनाएका थिए ।

त्यसपछि क्याम्पस प्रशासनले तत्कालका लागि निर्वाचन प्रकृया स्थगीत गरि मतदाता नामावली बारे उत्पन्न विवाद सुल्झाउन छानबिन समिति गठन गरेको थियो । सहायक क्याम्पस प्रमुख अनिल कुमार रमनको संयोकत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा निर्वाचन समितिले सोमबार साँझ ९ हजार ७०० मतदाता सहितको नयाँ मतदाता नामावली र चैत ८ मा निर्वाचन गर्ने गरि संशोधित निर्वाचन तालिका प्रकाशन गरेको हो ।

नयाँ निर्वाचन तालिका अनुसार , मंगलबार उम्मेदवारको मनोनयनपत्र (समानुपाति र प्रत्यक्ष दुवै) वितरण र बुधबार मनोनयनपत्र दाखिलाका लागि समय तोकिएको छ ।तर मंगलबार विधार्थी संघसंगठनहरुले क्याम्पसमा तालाबन्दी नै गरेपछि यसले अब चैत ८ मा हुने भनिएको निर्वाचन पनि अन्यौलमा परेको छ ।

निर्वाचन अधिकृत रोशन लामिछानले भने त्रिविको स्ववियु निर्वाचन निर्देशिका अनुसार क्याम्पस प्रशासन र निर्वाचन समितिले काम गरिरहदा पनि विधार्थी संघसंगठनहरुले विभिन्न विवाद खडा गरिरहेकाले समस्या परेको बताए ।

फोटो सहितको मतदाता नामावली प्रकाशन गर्नु पर्ने निर्देशन नै नभएको उनले बताए । मतदाता विधार्थीहरुको परिचयपत्र बनाउने काम भइरहेको जानकारी दिदै उनले भने ,‘ यो विषयलाई लिएर विवादगर्नुको कुनै अर्थ छैन , क्याम्पस प्रशासनले परिचयपत्रको व्यवस्थापन गरि नै हाल्छ , त्यसका कारण विधार्थीले तनाव लिनु र विवाद गर्नु जरुरी छैन ।

क्याम्पसका विभिन्न शाखामा गरिएको तालाबन्दीका सन्दर्भमा निर्वाचन अधिकृत लामिछानेले भने,‘ तालाबन्दीले कुनै असर पर्दैन , चैत ८ मै निर्वाचन हुन्छ , त्यसका लागि क्याम्पस प्रशासनले विधार्थीहरुसंग छलफल गरेर निर्धारित तालिका अनुसार निर्वाचन प्रकृया अगाडि बढाउछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद