Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाली कांग्रेस एक साता भित्र सरकारमा सहभागी हुन्छ : सांसद् रिजाल

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २९,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २९ फागुन । सङ्घीय सांसद् रमेश रिजालले एक साता भित्र नेपाली कांग्रेस सरकारमा सहभागी हुने ।

सोमबार बिहान एक रेडियो कार्यक्रममा बोल्दै सांसद् रिजालले एक साता भित्र कांग्रेस सरकारमा सहभागी हुने बताएका हुन् ।

रिजालका अनुसार ९-१० वटा मन्त्रलाय लिएर कांग्रेस सरकारमा सहभागी हुने तयारी गरिरहेको छ । उनले भने, ‘सरकारमा जाने गृहकार्य सुरु भएको छ । तर कुनै निर्णय भइसकेको छैन । पार्टीले जसको आवश्यकता देख्छ, सरकारको नेतृत्व उसैले गर्छ ।’

रिजालले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको सात वर्षे कार्यकाल असफल रहेको टिप्पणी पनि गरेका छन् । ‘विद्यादेवी भण्डारीले पार्टीको गोटीको काम गर्नुभयो । संविधानभन्दा बाहिर गएर काम गर्नुभयो । संविधान र लोकतन्त्रको अनुकूल काम गर्नुभएन । त्यसैले उहाँको कार्यकाल असफल रह्यो,’ उनले भने । भण्डारी एमालेको राजनीतिमा फर्कने कि नफर्कने उनकै स्वतन्त्रता भएको पनि रिजालले औंल्याए ।

उनले रामचन्द्र पौडेलको भूमिका तटस्थ रहने विश्वास व्यक्त गरे । उनले भने, ‘उहाँ ज्यादै पुरानो नेता हो । प्रजातन्त्रका लागि लडेको नेता हो । संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका छ । उहाँबाट प्रजातन्त्रको स्थायित्व र संविधानको रक्षा हुने मलाई विश्वास छ । उहाँले पार्टीबाट राजीनामा गरिसक्नुभयो । उहाँको तटस्थ भूमिकामा कुनै शंका छैन ।’

उपराष्ट्रपतिमा आठ दलीय उम्मेदवार रामसहायप्रसाद यादव नै भएको उनले बताए । रिजालले भने, ‘उपराष्ट्रपतिमा जसपाको उम्मेदवार नै आधिकारिक हो । सहमति रामसहायप्रसाद यादवलाई नै बनाउने हो । जनमत पार्टीको उम्मेदवारी व्यक्तिगत हिसाबले भएको पनि उनले बताए । रिजालले थपे, उम्मेदवारी दिने अधिकार सबैलाई छ । तर जनमत पार्टी नौ दलीय गठबन्धनमा छ । सम्भवतः अन्तिम दिनसम्म उम्मेदवारी झिक्नुहुन्छ होला ।’

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ फाल्गुन २९,सोमबार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ फाल्गुन २९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद