Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सांसद् यादवले गरे पत्रकार स्व। सर्राफको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २८,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २८ मंसिर । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य ९सांसद्० प्रदीप यादवले पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयो गर्ने उद्घोष गरेका छन् ।
स्व। सर्राफको १३ औँ दिनको पूण्यतिथीका अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सांसद् यादवले १ लाख आर्थिक सहयोग उपलब्ध गराउने उद्घोष गरेका हुन् ।
सांसद् यादवले प्रधानमन्त्रीलाई भनेर भएपनि अर्थ मन्त्रालयबाट सर्राफका परिवारको लागि विशेष राहतको व्यवस्था गर्ने आश्वासन पनि दिएका छन् । पर्साको पत्रकारिता क्षेत्रमा सर्राफको निधनले क्षति भएको बताउँदै पूर्वमन्त्रीसमेत रहेका यादवले उनले अंगालेको मार्गमा निर्देशित भई निष्पक्ष र निडर पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन् ।
सर्राफ स्वच्छ छविका र ईमान्दार पत्रकार भएको बताउँदै यादवले उनको जस्तो स्वभाव भएको पत्रकार पर्साले पाउन मुस्किल पर्ने बताए । विशेष गरी भूइँतहका र सर्वसाधारण नागरिकका समस्या एवम् पिडाहरुलाई खोजी खोजी पत्रकारिता गरेमा उनीप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास पनि यादवले व्यक्त गरेका छन् ।
पत्रकारको हकहित र पेशागत सुरक्षा एवम् मर्यादाका लागि सदैव एकरुप भएर लाग्न आग्रह गर्दै पर्साको पत्रकारिताको उचाईलाई अँझै बढाउन पनि उनले सुझाव दिएका छन् ।
सर्राफ पत्रकार मात्रै नभएर सामाजिक अभियानताको रुपमा विभिन्नि किसिमका सामजिक क्रियाकलापहरुमा पनि सक्रिय रहेको स्मरण गर्दै यादवले उनको छोटो समयको योगदान पनि अविस्मरणीय रहेको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ मंसिर २८,बुधबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ मंसिर २८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद