Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कृषकहरुलाई मलको अभाव हुन नदिन सांसद् यादव प्रतिबद्ध, सरोकारवालालाई भेटेर गराए धन्याकर्षण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
A A
कृषकका समस्यालाई गम्भिर रुपमा लिँदै यादवले कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुखसँग भेटेर छलफल

कृषकका समस्यालाई गम्भिर रुपमा लिँदै यादवले कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुखसँग भेटेर छलफल

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १३ मंसिर । शपथग्रहण नगर्दै पर्सा क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले कृषकको समस्यालाई प्राथमिकताका साथ लिएका छन् । कृषकका समस्यालाई गम्भिर रुपमा लिँदै यादवले कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुखसँग भेटेर छलफल गरेका छन् ।

छलफलका क्रममा पूर्वमन्त्रीसमेत रहेका यादवले वर्षौंदेखि किसानले खेप्दै आएको मल अभावको समस्या सम्बोधन गर्न आफूले कुनै कसर बाँकी नराख्ने बताएका छन् । समयमा मल नपाउने र पाएपनि सबैले नपाउने एवम् पर्याप्त मात्रामा नपाउने जस्ता समस्याहरु अबको दिनमा सुन्न नपर्ने किसिमले समन्वयकारी भूमिका निर्वाह गर्न यादवले कार्यालय प्रमुख चन्द्र प्रसाद चौलागाईलाई निर्देशन दिएका छन् ।

आवश्यक मलको उपलब्धताका लागि अहिलेसम्म भइरहेका समस्या एवम् कठीनाईहरु आफुलाई जानकारी गराउन आग्रह गर्दै यादवले नीतिगतदेखि अन्य संरचतागत एवम् संस्थागत बाधा अड्चनलाई समाधान गर्ने बताए ।

उनले भने, ‘अहिले जे जति मल मौज्दात छ त्यो गाँउमा छिट्टै पठाइ दिनुस्, बाँकी सरकारको नीतिगत समस्या जुन छ त्यसलाई समाधानका लागि म संसद्मा आवाज उठाउँछु ।’ उनले सरकारी अनुदानलको मल बिचौलियाको कब्जामा पुग्दा किसानले सहज रुपमा नपाएको व्यापक जनगुनासो पनि रहेकाले यस बारे पनि कार्यालय प्रमुख चौलागाईको ध्यानाकर्षण् गराए ।

चौलागाईलाई निर्देशन दिदै यादवले भने, ‘नेपालमा मलको कारखाना छैन त्यस कारण चाहिए जति मल किसानले पाउन सकेका छैनन्, यद्दपी विदेशबाट जेजति आउँछ त्यो पनि किसानले बिचौलियाका कारण पाइरहेका छैनन्, यस बारे पनि ध्यान दिनुहोला ।’

चुनावको प्रचार ताका मतदाता सामु गरेका वाचा पुरा गर्न यादवले अग्रसरता देखाएका हुन् । चुनाव प्रचारका बेला मत माग्ने क्रममा उनले कृषि र किसानका विद्यमान समस्या आफनो प्रमुख प्राथमिकतामा रहने वाचा गरेका थिए । त्यही वाचा अनुरुप यादवले किसानका लागि सहज रुपमा मल आपुर्तिको व्यवस्था मिलाउन चौलागाईको ध्यानाकर्षण गराएका हुन् ।

अहिले गँहु र दलहन बालीको सिजन चलिरहेको भएपनि डिएपी मल नपाएर किसानहरु समस्यामा परेको भन्दै यादवले यथाशीघ्र व्यवस्था मिलाउनुपर्ने बताएका हुन् ।

कार्यालयसँग अहिले मौज्दात मल, जिल्लाका सबै पालिकामा समयमै पठाएर कृषि सहकारी संस्थाहरु मार्फत किसानलाइ सहज रुपमा उपलब्ध गराउन उनले चौलागाईलाई निर्देशन पनि दिए ।

कार्यालय प्रमुख चौलागाइले कार्यालयमा अहिले युरिया मल प्रयाप्त मौज्दात रहेपनि डिएपि मलको मौज्दात थोरै रहेकाले वितरणमा समस्या भएको बताएका थिए । चौलागाईले नीतिगत समस्याहरुको कारण पनि मल आभाव हुनभएकोले त्यसलाई पहल गर्न सांसद् यादवसँग आग्रह पनि गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद