Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा जिल्ला क्षेत्र नं. १ मा अच्युत मैनाली विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ९,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

९ मंसिर,बारा / बारा जिल्ला क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य तर्फ नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली विजयी भएका छन् । जसपा – एमाले गठबन्धनका साझा उम्मेदवार समेत रहेका मैनाली ठूलो मतान्तरले आफ्ना प्रतिद्वन्धी सत्ता गठबन्धनका उम्मेदवार उमाकान्त चौधरीलाई पराजित गर्दै विजयी भएका हुन् ।
अन्तिम मत परिणाम अनुसार ९ हजार १३९ मतान्तरले मैनाली विजयी भएका हुन् । मैनालीले ३९ हजार १९५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्धी सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त गरेका थिए ।
नेपाली काँग्रेसका उम्मेदवार चौधरी दुई पटक स्वास्थ्यमन्त्री समेत बनेका व्यक्ति हुन भने हाल खानेपानी मन्त्री समेत हुन् । बारा जिल्ला क्षेत्र नं. १ नेपाली काँग्रेसको गढ भएपनि यस पटक मैनालीले चौधरीको गढलाई ढाल्दै ठूलो मतान्तरले विजयी भएका हुन् ।
गत २०७४ सालको निर्वाचनमा चौधरीले २४ हजार ४५० मत ल्याई विजयी भएका थिए भने त्यस बखत उनका प्रतिद्वन्धी रहेका मैनाली २२ हजार ३० मत प्राप्त गरेका थिए । तर यस पटकको निर्वाचनमा मैनाली चौधरीलाई ९ हजार १३९ मतले पछार्दै विजयी भएका हुन् ।
नेपाली काँग्रेसको गढ नै रहेको यस क्षेत्रमा पटक पटक विजयी हुने गरेको चौधरीलाई उक्त क्षेत्रका जनताले मन पराउन छाडेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ मंसिर ९,शुक्रबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ मंसिर ९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद