पर्सा क्षेत्र नं १ मा जसपा नेता एवं पूर्वमन्त्री प्रदीप यादव पूनः निर्वाचित भएका छन् । निकटतम प्रतिश्पर्धी स्वतन्त्र उम्मेदवार अजय द्विवेदी भन्दा १ हजार ६ सय २० बढी मत ल्याएर यादव निर्वाचित भएका हुन् । एमालेजसपा गठबन्धनका उम्मेदवार प्रदीपले २२ हजार ५ सय ३७ मत पाउँदा अजयले २० हजार ९ सय १७ मत पाए । तेस्रो स्थानमा आएका राप्रपाका उम्मेदवार किरणमान डंगोलले २ हजार ६ सय ५१ मत ल्याए भने पाँच दलीय गठबन्धनका उम्मेदवार लोसपा नेता लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्रै पाएका छन् ।
७७ हजार ६ सय ७९ मतदाता रहेको पर्सा क्षेत्र नं १ मा मंसिर ४ गते भएको निर्वाचनमा ५१ हजार ३ सय ७९ मत खसेको थियो ।
वि.स. २०७४ को निर्वाचनमा प्रदीप २१ हजार १ सय ३२ मत ल्याएर प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएका थिए । निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेद्वार अनिल कुमार रुंगटाले भने १६ हजार ४ सय ८१ मत मात्रै पाएका थिए । ५ हजार ४ सय १८ मत सहित एमालेका विचारी यादव तेस्रो स्थानमा थिए ।
© 2024