वीरगंज, कार्तिक २४
वीरगंज महानगरपालिकाको वडा नम्बर १८ र २० मा जसपा एमाले गठबन्धनको संयुक्त घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।वडा नम्बर १८ को सौराहा टोल र वडा नम्बर २० को हरपतगंज र अपौनीमा बिहान घरदैलो कार्यक्रम सम्पन्न भएको हो । घरदैलो कार्यक्रममा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदिप यादव र प्रदेश सभा सदस्यका उम्मेदवार बिचारी यादवले मतदाता संग छाता र सुर्यमा मतदान गर्न अनुरोध गरेका थिए । कार्यक्रममा मतदाताको उत्साहजनक सहभागिता थियो । सो अवसरमा नेताहरुले जसपा एमाले गठबन्धन जिन्दावाद, बिचारी यादव जिन्दावाद ,प्रदिप यादव यादव जिन्दावाद लगायतको नारा लगाएका थिए । कार्यक्रममा नेकपा एमालेका समानुपातिक उम्मेदवार प्रभु हजरा,निर्मला देवकोटा, आशा चर्तुवेदी,जसपा र एमालेका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।
बिचारी यादव प्रति जनलहर बढदै
प्रदेश सभा सदस्यका उम्मेदवार बिचारी यादव प्रति जनलहर बढदै गएको छ । चुनावी भेटघाटको क्रममा उम्मेदवार यावद प्रति जनताको उत्साहजनक सहभागिता बढदै गएको छ । बिगतमा बिचारी यादवले गरेको कामको मुल्यांकन गरि पुनः बिकाशप्रेमी नेता यादवलाई जिताउन मतदाता आफै सक्रिय बनेका छन । यादव प्रति बृद्ध,व्यस्क, युवा सवैको उतिकै लगाव र झुकाव रहेको घरदैलो कार्यक्रममा देखिएको छ ।
© 2024



