Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जलाई शैक्षिक हव बनाउन अवाज उठाउँछु : प्रदीप यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २४,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २४ कार्तिक । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले शिक्षा क्षेत्रमा सुधार गर्दै पर्सावासीलाई समृद्धि तर्फ अगाडी बढाउनु आफ्नो प्रमुख एजेण्डा भएको बताएका छन् ।

बिहिबार वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १८ को सौराह र वडा नम्बर २० को अपौनीमा घरदैलो गर्दै जसपा-एमाले गठबन्धनका साझा उम्मेदवार यादवले विकास र समृद्धिको सबैभन्दा महत्वपूर्ण कडी शिक्षा भएको बताउँदै यस क्षेत्रको सुधार आफ्नो प्रमुख एजेण्डा भएको बताए ।

वर्तमान शैक्षिक प्रणालीमा सुधार गर्न आजको आवश्यकता भएको बताउँदै यादवले भने, ‘शिक्षामा लगानी वृद्धि गर्दै शैक्षिक प्रणालीको सुदृढीकरणक, प्राविधिक शिक्षामा जोड र वीरगञ्जमा प्राविधिक शैक्षिक संस्थाको स्थापना र कृषि तथा ईन्जिनियरिङ्ग कलेजको स्थापनाका लागि पहल गर्छु ।’

संसद्का रुपमा निर्वाचित भए पश्चात वीरगञ्जलाई शिक्षाको हवका रुपमा विकास गर्न राष्ट्रिय र अन्तराष्ट्रिय लगानी भित्र्याउने वातावरण सृजना गर्नका निमित्त सदन मार्फत आवाज उठाउन उनले प्रतिवद्धता व्यक्त गरे । ‘छिमेकी मुलकहरु भारत, बङ्गलादेश, चिन आज शिक्षाको हवका रुपमा चिनिन्छन् तर नेपालले त्यस्तो गर्न सकेको छैन । वीरगञ्जलाई शिक्षाको हवका रुपमा विकास गर्न म पहल गर्छु । जसले यहाँ लगानी त भित्रिन्छ नै, यहाँका स्थानीयहरुका लागि अन्य अवसरहरु पनि सृजना हुन्छन्,’ पूर्वमन्त्री समेत रहेका यादवले भने ।

त्यसैगरी यादवले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक दरवन्दी व्यवस्थापन तथा आवश्यक भौतिक संरचना निर्माणका लागि पनि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले शैक्षिक क्षेत्रमा हुने बन्द हड्ताल र अवाञ्छित गतिविधिलाई निरुत्साहित पार्दै शैक्षिक क्षेत्रको विकृति र भ्रष्टचारलाई निर्मुल पार्न पनि आफूले काम गर्ने बताए ।

कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विचारी प्रसाद यादव लगायत जसपा र एमालेका नेताहरुको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो । घरदैलोका क्रममा यादवका समर्थकहरुले प्रदीप यादव जिन्दावाद, छाता छाप जिन्दावाद, छाता छापमा मतदान गरौँ जस्ता नारा पनि लगाएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ कार्तिक २४,बिहीबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ कार्तिक २४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद