पर्सा । पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा स्वतन्त्र चुनाव लडेका अजय द्धिवेदीलाई जिताउँन स्थानिय कम्मर कसेर लागेका छन । द्धिवेदी नेपाली काँग्रेस पर्साका पूर्व सभापति हुन् । पार्टीले टिकट नदिएपछि पार्टीलाई चुनौती दिदै स्थानिय जनताको सल्लाह र सुझावबाट स्वतन्त्र उम्मेदवारी दिएका छन ।
उनको चुनाव चिन्छ माछा छाप हो । द्धिवेदीको घरदैलो कार्यक्रममा संख्यात्मक सहभागिता नभएतापनि आन्तरिक रुपमा मतदाता संख्या दिनप्रति दिन बढ्दै गईरहेको छ । अहिले चौक चौराहा, चिसा पसलमा एकपल्टको लागि भएपनि द्धिवेदीलाई नै चुनाव जिताउँनु पर्ने कानेखुसे सुन्न सकिन्छ ।
उनको निर्वाचन क्षेत्रका स्थानियले चुनाव जिताउँनको लागि लागि भौतिक रुपमा मात्र नभई आर्थिक रुपमा समेत सहयोग गर्न लागेको बुझिाएको छ । यहाँ सम्म जनमत पार्टी जिल्ला कार्यसमिति पर्साले नै स्वतन्त्र उम्मेदवार द्धिवेदीलाई जिताउँन समर्थन नै जनाएका छन ।
बुधबार माईस्थान मन्दिरको पूर्वपट्टी रहेको होटल कन्टीनेन्टलमा एक कार्यक्रमको आयोजना गरी जनमत पार्टी पर्साका ईन्चार्ज श्याम शंकर चौरसियाको नेतृत्वमा रहेको करिब २ सय जना बढी नेता कार्यकर्ता द्धिवेदीलाई जिताउँन सहयोग गर्ने जनाएका हुन ।1 –
यहाँसम्म जनमत पार्टी पर्सा क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार शिव प्रसाद यादवले पनि खुलेर द्धिवेदीको सहयोगमा उत्रेका हुन । चौरसियाको नेतृत्वमा रहेका पार्टीका जिल्ला सदस्य एवं महिला नेतृ अनिता रौनियार, पार्टीका जिल्ला पूर्व सह सचिव विजय साह, सदस्य विराजु साह कानु, क्षेत्र नम्बर ३ का क्षेत्रिय प्रवेक्षक ईन्दर राठौर लगायत करिब २ सय जनाले द्धिवेदीलाई जिताउँन खुलेर सहयोग गर्ने जनाएका हुन ।
जनमत पार्टीले समर्थन मात्र जनाएन उनको पक्षमा घर घरमा पुगेर मतदाता संग मत माँग्ने काम समेत गर्ने जिल्ला ईन्चार्ज चौरसियाले बताए । उनले भने, ‘सत्तागठबन्ध र जसपा एमाले गठबन्धनले देशको विकास भन्दा पनि आफनो सत्ता र कुर्सी जोगाउँन जनतालाई झुक्याउँन खोजेको आरोप लगाउँदै स्वतन्त्र उम्मेदवार द्धिवेदीलाई जिताउँन जनमतले पुरा सहयोग गर्ने जनाए ।2 –
बारम्बार भ्रष्टचारीलाई जिताएर देश विकास र प्रगतिको मार्ग तर्फ अगाडी बढ्न सक्दैन, उनले भने, ‘ मधेस प्रदेशलाई भ्रष्टचार मुक्त बनाउँन स्वतन्त्र उम्मेदवार र नयाँ जनमत पार्टी अगाडी आउँनै पर्छ र यस क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीको विकल्प बाहेक अन्य कुनै नेता नदेखिएका कारण उनलाई सहयोग गर्न जनमत पार्टी अगाडी आएको हो ।
कार्यक्रममा स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीले जनमत पार्टीलाई अभार व्यक्त गर्दै भ्रष्टाचार मुक्त समाज निर्माणको अभियानमा र गठबन्धनले देशलाई बन्धक बनाई जंगलराज ल्याउँन खोजेका राजनितिक दल र तीनका नेताहरुलाई उजागर गर्न चालेको अभियानमा क्षेत्र नम्बर १ को जनता काँधमा काँध जुटाएर अगाडी बढीरहेको बताए ।
उनले भने, ‘ म चुनाव लडीरहेको छैन, जनता आफनो अधिकार र आवाजको लागि आफै चुनाव लडी रहेका छन र मलाई आशा र विश्वास छ १ नम्बर क्षेत्रमा जनता नै चुनाव जितने छन ।’ जनता अहिले राजनितिक दल र राजनितिक नेताबाट धोका पाएका छन । ठगबन्धनको नाममा देशलाई बन्धन बनाउँने काम गरिएको छ । यो गठबन्धन होईन महाठगबन्धन रहेको उनको आरोप समेत उनले आरोप लगाए ।3 –
उनले काँग्रेस मात्र होईन पर्सा क्षेत्र नम्बरको १ हरेक जनता मेरो साथ छ, जनताको बलमा नै आफू चुनाव लडेको खुलाए । गठबन्धनको नाममा देशको राजनितिकलाई बन्धक बनाउँन भएको खेललाई चकनाचुर बनाई, जनतालाई जनताको अधिकार बन्धक बनाउँने नेता तन्त्र चल्दैन जनता तन्त्र नै चल्छ उनले भने ।