पर्सा, २३ कात्तिक / प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन नजिक्दै जादा स्थानीय जनप्रतिनिधिहरु नै अचार सहिताको उल्लंघन गरेको पाइन्छ । वीरगंज महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अजय चौरसियाले निर्वाचनको समयमा उम्मेदवारहरु संगै घरदैलोमा सहभागि भई मतदान माग्ने गरेको पाइएको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री तथा पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को (ख)बाट उम्मेदवारी दिनु भएका महम्द लालबाबु गदीको घरदैलो कार्यक्रममा बुधवार बिहान वडा नम्बर ११ श्रीपुरमा वडा अध्यक्ष चौरसिया सहभागि भई मतदान मांग्दै गरेको अवस्थामा देखा परेका थिए । मुख्यमन्त्री गदीको प्रिय पात्रको रुपमा मानिने अजय चौरसिया बिभिन्न समयमा ठेक्का पट्टाको नाममा लाखौ रकम आर्जन गर्न सफल भएका छन । जसका कारण निर्वाचनको समयमा पनि आफ्नो पदको मर्यादा नै नराखी गदीको पक्षमा मत माग्दै हिडेको स्थानीय बताउछन ।
जनताको मतले निर्वाचित हुने स्थानीय जनप्रतिनिधिले नै यस्तो गैर कानुनी तरिकाले खुल्याम मत माग्नुको साथै घरदैलोमा सहभागि हुदै आएको भएपनि निर्वाचन आयोगको यसतर्फ ध्यान नजानु बिडम्बनाको बिषय बनेको छ । निर्वाचन आयोगले गरेको आदेशलाई धज्जि उडाउदै वडा अध्यक्ष अजय चौरसियाले मतदान मागिरहेको गुनासो स्थानीयहरु नै पोख्न थालेका छन ।
स्थानीयहरुका अनुसार आफ्नो पद र पावरको गलत दुरुपयोग वडा अध्यक्षले गरेको भन्दै बिरोध नै जनाएका छन । स्थानीयहरुले गलत कृयाकलाप गर्ने, जनताको मर्म बुझन नसक्ने लालबाबु राउत गदीको पक्षमा वडा अध्यक्ष अजय चौरसियाले मतदान मांगेको देख्दा अगामी दिनमा पनि भ्रष्टाचारमा स्थानीय जनप्रतिनिधि लिप्त हुने हुन की ? भन्दै दुखेसो पोखेका छन ।
यता निर्वाचन आयोगका अनुगमन अधिकृत रुद्र बहादुर कार्कीका अनुसार स्थानीय जनप्रतिनिधिले आफ्नो कार्यक्षेत्र लगायत महानगर भित्र मत मांग्न नमिल्ने बताएका छन । यस बिषयमा उहाले जिल्ला निर्वाचन कार्यालय अथवा निर्वाचन आयोगको कार्यालयमा उजुर दिदा कारवाही प्रकृया अगाडी बढाइने बताउनु भयो ।
© 2024