वीरगञ्ज
पर्सा क्षेत्र नम्वर २ (ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहले बुधबार विन्ध्यवासिनीमा घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्वर १९ मा रहेको विन्ध्यवासिनी मन्दिरबाट घरदैलो अभियान सुरु भएको हो ।
स्थानीय मतदाताले विगतमा परिक्षण भइसकेकाहरुबाट आफूहरुको क्षेत्र विकास हुन नसकेको भन्दै अब स्वतन्त्रलाई मतदान गरेर विजयी गराउने प्रतिबद्धता जनाएका छन् ।
घरदैलोमा पुगेका स्वतन्त्र उम्मेद्वार सिंहलाई मतदाताले फुलमाला लगाएर स्वागत गर्दै आफ्ना समस्याहरु पनि सुनाएका थिए । जवाफमा सिंहले आफूले यस क्षेत्रको विकास र यहाँका नागरिकको जनजीविकाका लागि दृढ संकल्प लिएर हिँडेको भन्दै आफूले गरेको प्रतिबद्धता पूरा गर्न निरन्तर लागि पर्ने बताए ।
अहिले देशले नै परिवर्तन खोजिरहेको भन्दै उनले त्यसका लागि स्वतन्त्र उम्मेद्वारलाई जिताएर पठाउनु आवश्यक रहेको बताए ।
घरदैलोमा स्वस्फूर्त रुपमा महिला, बृद्ध, युवा लगायतको उल्लेख्य उपस्थिती रहेको छ ।
© 2024