पर्सा, २१ कात्तिक / विगत ५ बर्षदेखी मधेस प्रदेशको कुर्सीमा सत्ता सम्भालेका मुख्यमन्त्री महम्द लालबाबु राउत गद्दीको कार्यक्रममा जनताको उपस्थित न्यून देखिन थालिएको छ । आफ्नो सत्तामा पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का जनताहरुका लागि केही गर्न नसकेको आरोप लागेकोले कार्यक्रममा जनताहरु अनुपस्थित देखिन थालिएका हुन ।
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिक्दै जादा मुख्यमन्त्री लालबाबु राउत गद्दीले आफ्नो क्षेत्रमा घरदैलो कार्यक्रम तिब्र पारेका छन । घरदैलो कार्यक्रममा बाहिरबाट जनाता बोलाई वडा वडामा लग्ने र कार्यक्रम गराउने गरेको समेत स्थानीयहरुले पर्दाफास गर्न थालेका हुन । निर्वाचनको समयमा घरदैलो गर्दै जनताहरुलाई बिभिन्न किसिमको आश्वासन दिने गरेको तर निर्वाचन पश्चात मुख्यमन्त्री चिन्ह समेत छोड्ने गरेको कारण, मुख्यमन्त्रीको कार्यक्रममा अनुपस्थित जनाएको स्थानीय बताउछन ।
यसपालिको निर्वाचनमा बजेटको अनियमित्ता गर्ने, कार्यक्रमको नाममा भ्रष्टाचारी गर्ने तथा जनतालाई गाली गर्नेलाई कुनै हालतमा निर्वाचित गराउन नसक्ने क्षेत्र नम्बर १ को मतदाताले अडान लिएका छन । जसका कारण मुख्यमन्त्री महम्द लालबाबु राउत गद्दीको कार्यक्रममा पर्सा जिल्लाको क्षेत्र नम्बर १ का जनता अनुपस्थित जनाउन थालेका हुन । एक जना स्थानीयका अनुसार सत्ताको कारण पावरको भरमा जनतालाई गाली दिने, जनता माथि अपशब्द प्रयोग गर्ने मुख्यमन्त्री महम्द लालबाबु राउत गद्दी जस्तालाई मंसिर ४ गतेका दिन आफ्नो मतको पावर बताउने दुखेसो पोखे ।
© 2024