Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अजय चौरसियाको समर्थनमा वीरगन्जका उद्योगी व्यवसायीहरु पनि

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २०,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

चुनावी घरदैलो गर्दे काँग्रेस उम्मेदवार अजय चौरसिया र उनका नेता कार्यकर्ताहरु : फाइल फोटो

वीरगन्ज,२० कार्तिक : वीरगन्जका उद्योगी व्यपारीहरुले पनि पर्सा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसियालाई समर्थन गर्ने जनाएका छन् ।
वीरगन्जमा मारवाडी युवा मन्च वीरगन्जले आयोजना गरेको परिचयात्मक कार्यक्रममा सहभागी यहाका उद्योगी व्यपारीले चौरसियालाई समर्थन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा सहभागी उद्योगी व्यपारीले अजय चौरसियाको परिचय चिन्हाउनु जरुरी नरहेको उनले गरेका काम नै काफी रहेको बताए । पदमा रहदा वा नरहदा पनि यहाका उद्योग व्यवसाय क्षेत्रको समस्या सामधानका लागि चौरसियाले पहलकदमी गर्दै आएको बताउदै उद्योगी व्यवपारीले यस्ता जनप्रिय नेतालाई फेरि अवसर दिनु पर्नेमा जोड दिए । उनिहरुले विगतमा उद्योगी व्यवसायीलाई कुनै पनि समस्या पर्दा चौरसिया तत्कालै पुग्ने गरेको पनि बताए ।
कार्यक्रममा बोल्दै सत्तागठबन्धनका साझा उम्मेदवार समेत रहेका चौरसियाले वीरगन्जका उद्योगी व्यपारीका हरेक समस्यामा आफु विगतमा पनि साथमा रहेको र आगामी दिनमा पनि साथमा रहने वाचा गरे ।
उनले यहाका उद्योग व्यपारलाई माथि उकास्नुका साथै वीरगन्जलाई हराभरा र सफासुग्घर शहर बनाउनका लागि आफुले काम गर्ने प्रतिबद्धता पनि जनाए । अहिलेका राष्ट्र बैंकका गर्भनर एमालेका कारिन्दा भएको भन्दै चौरसियाले गर्भनरकै गलत नीति र नियतका कारण मुलुकमा आर्थिक मन्दी भएको र त्यसको सबै भन्दा ठूलो मारमा उद्योगी व्यपारी परेको बताए । त्यसैले आगामी निर्वाचनबाट काँग्रेस नेतृत्वको गठबन्धनको सरकार बने लगत्तै अहिलेका गर्भनरलाई हटाउनका लागि आफुले पहलकदमी लिने चौरसियाले बताए । चौरसियाले भने ,‘ चुनाव जितेपछि यहाका उद्योगी व्यपारी र नीजी क्षेत्रका हरेक समस्या र मुद्धा म संसदमा उठाछु , सम्बोेधनका लागि दिलो ज्यानले लाग्छु ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य माहासंघ मधेस प्रदेश र वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी , सदस्य , प्रदेश सरकारका पूर्वमन्त्री एंव वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश शर्माका साथै उद्योगी , व्यपारीका साथै काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ कार्तिक २०,आईतवार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ कार्तिक २०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद