Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा २ मा सुविधा सम्पन्न बृद्धाश्रम र प्राविधीक कलेज बनाउछु ः अजय चौरसिया

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१८ कात्तिक ः पर्सा क्षेत्र नम्बर २ का सत्तागठबन्धनबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसियाले अहिले चुनावका बेला जनता माझ गरेका वाचाहरु सांसदमा जितेर गएपछि पुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २८ बगहीमा शुक्रबार राति आयोजित रात्रीसभालाई सम्बोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियाले भने ,‘ विगतका दिनमा पनि म सांसद हुदा चुनावी प्रतिबद्धताहरु पुरा गरेकै थिए , अहिले पनि चुनावका बेला गरेका वाचाहरु सांसदमा जितेर गएपछि पुरा गर्छु , यो मेरो सार्वजनिक प्रतिबद्धता हो ।
उनले सांसदमा जितेपछि पर्सा २ मा एउटा सुविधा सम्पन्न बृद्धाश्रम बनाउने वाचा पनि गरे । उनले भने,‘ मेरो एउटा सपना छ , यो क्षेत्रमा एउटा सुविधा सम्पन्न बृद्धाश्रम बनाउछु , जहा घरपरिवारबाट बेसाहारा बनेका बुबा आमाहरु बस्नु हुनेछ ।
यसका साथै पर्सा २ मा एउटा प्राविधीक क्याम्पस पनि बनाउने जुन क्याम्पसमा १० कक्षा पास गरेका यस क्षेत्रका युवा युवतीहरु पढेर स्वरोजगार बन्ने उनले बताए ।
आफुले यसअघिका सांसद जस्तो एउटा पनि स्वागतद्वार (गेट) पनि बनाउने उनले बताए । त्यसको सट्टा त्यो बजेट पक्की सडक र नालाको स्तरोन्नत्तीमा खर्च गरेर जनतालाई सुविधा दिने चौरसियाले बताए ।
रात्रीसभालाई पर्सा २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेल र काँग्रेस नेताहरुले पनि सम्बोधन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।
मुख्य समाचार

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद