Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

केहि दिनमै जिपको टायर पड्किन्छ,साईकल र रिक्सा पन्चर हुन्छ – पुर्वमन्त्री यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १६,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, कार्तिक १६
जसपा एमाले गठबन्धको संयुक्त चुनावी भेला सम्पन्न आज सम्पन्न भएको छ । पर्सा क्षेत्र नम्बर १ (क) अन्र्तगत वीरगंज महानगरपालिका वडा नम्बर ३०,३१ र ३२ मा संयुक्त चुनावी भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदिप यादवले गठबन्धनका उम्मेदवारहरुलाई ईमन्दारिपुर्वक भोट दिन आग्रह गरे । उनले जसपा र एमालेका कार्यकर्ता बिच कुनै मतभेद नरहेको र दुवै उम्मेदवार चुनाव बहुमतका साथ बिजयी हुने दावी गरे । पुर्वमन्त्री समेत रहेको यादवले सुख दुखमा पार्टी नै काम लाग्ने भएकोले पार्टीका उम्मेदवारलाई बिजयी गराउन अनुरोध गरे । स्वतन्त्र उम्मेदवारका रुपमा खडाका भएका नेताहरुको अस्तित्व संकटमा परेको बताउदै यादवले केहि दिनमै जिपको टायर पड्किने, साईकलको हावा फुस्किने , रिक्सा पन्चर हुने र माछालाई जनताले पकाएर खाने बताए । यादवले ईमन्दारिक पुर्व जनताले भोट दिने र यो क्षेत्रमा कुनै प्रतिस्पर्धा नहुने समेत जिकिर गरे ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्यका उम्मेदवार बिचारी यादवले जसपा एमालेकोे गठबन्धन जिते मात्र यस क्षेत्रको बिकाश हुने ठोकुवा गर्नुभयो ।जसपा एमाले गठबन्ध पवित्र गठबन्धन भएकोले ईमन्दारिक पुर्वक कार्यकर्ताहरुलाई भोट दिन आग्रह गरे । यादवले काँग्रेसले अर्थतन्त्रलाई तहसनसह पारेको र देशमा संकट आउन लागेकोले पनि देशलाई संकटबाट जोगाउन दुवै पार्टीका कार्यकर्ताहरुले जसपा एमालेका उम्मेदवारलाई भोट दिन आग्रह गरे । यादवले ईमन्दारिपुर्वक भोट नदिए दुवै पार्टीलाई क्षति हुने र यो क्षति राष्ट्रिय राजनितिमा असर पार्ने यादवको कथन थियो । कार्यक्रममा नेकपा एमालेको सल्लाहकार बिश्वम्भर शर्मा, नगर सचिव सुन्दर कुर्मी, युवा नेता शिवजी गुप्ता, बासदेव यादव,जसपा नेता संतोष कुमार साह,सुलेमान अंसारी लगायतको उपस्थित थियो । भेलाले छिटै दुवै पार्टीको संयुक्त भेला बसी चुनाव केन्द्रित कार्यक्रम गर्ने निर्णय समेत गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०७९ कार्तिक १६,बुधबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०७९ कार्तिक १६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद