Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गुप्ताको नेतृत्वमा ३६ सदस्यीय सिंगापुर र भियतनामको लागि प्रस्थान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १६,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १६ कार्तिक ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा ३६ सदस्यीय व्यापारिक भ्रमण प्रतिनिधि मण्डल आज सिंगापुर र भियतनामको लागि प्रस्थान गरेको
छ । भ्रमणको क्रममा द्विपक्षीय व्यापार विस्तार प्रबद्धन गर्ने, निर्यात भइरहेको नेपाली वस्तुहरुको परिमाणमा वृद्धि गर्ने, नेपाली वस्तुहरु निर्यातको लागि बजारको पहिचान गर्ने, संस्थागत सम्बन्ध विस्तार गरिने, दुवै देशका उद्योगी व्यवसायीहरुसँग बी टु बी मिटिङ्ग गरी वैदेशिक लगानीको लागि आग्रह गर्ने, अन्तर्राष्ट्रिय पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य रहेको अध्यक्ष डा. गुप्ताले बताउनुभयो ।
भ्रमणको क्रममा नेपालको भौगोलिक अवस्थिति, उद्योग, व्यापारको अवस्था, हाइड्रोपावर र पर्यटनको सम्भावना, शिक्षा, सूचना प्रविधिका बिषयहरु उजागर गरिने अध्यक्ष डा. गुप्ताले बताउनुभयो ।
त्यस्तै नेपालमा रहेको खनिज पदार्थ, जडिबुटी, प्राकृतिक छट्टा, शिक्षा अध्ययन केन्द्र निर्माण गर्न सकिने सम्भावनाको बारेमा पनि चर्चा गरिने र यस्ता क्षेत्रहरुमा लगानीको लागि आग्रह गरिने अध्यक्ष डा. गुप्ताले बताउनुभयो ।
सिंगापुरले अन्तर्राष्ट्रिय व्यापार र कनेक्टिभिटीमा गरेको प्रगति र भियतनामले सूचना प्रविधिको क्षेत्रमा प्रगति गरेकोले आनो देशमा समेत लागु गर्नको लागि त्यस्ता सूचना प्रविधिको बारेमा बुझिने, ती मुलुकहरुमा रहेका इण्डष्ट्रियल पार्कहरुको अवलोकन गरिने, तिनीहरुले उत्पादनका लागि अपनाएका उत्पादन प्रक्रियाका बारेमा अध्ययनका लागि सिंगापुर र भियतनामका उद्योग वाणिज्य संघहरुसंग छलफल गरिने भएकोले सङ्घबाट भइरहेको व्यापारिक भ्रमण हाम्रो लागि कोशेढुङ्गा साविक हुने डा. गुप्ताले बताउनु भयो ।
वीरगंज उद्योग वाणिज्य संघका सचिवालयले आयोजना गरेको एक कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल तथा द्धितीय उपाध्यक्ष हरिप्रसाद गौतमले शुभकामना मन्तव्य प्रकट गर्नु भएको भयो र भ्रमण टोलीका सदस्यहरुलाई फूलमाला, खादा तथा टीका लगाई भ्रमणको सफलताको शुभकामना दिंदै विदाई गर्नु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ कार्तिक १६,बुधबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ कार्तिक १६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद