वीरगञ्ज महानगरपालिकाको उपमेयरकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले इन्जिनियरहरुसँग छलफल गरेकी छिन् । नेपाल इन्जिनियर्स एशोसिएशनका पदाधिकारी एवम्् कार्यसमिति सदस्यहरुसँग उपमेयरकी स्वतन्त्र उम्मेदवार मिश्राले छलफल गरेकी हुन् ।
इन्जिनियहरुलाई महानगरका पूर्वाधार निर्माणका कामहरुमा समावेश गर्न सकिने र यहाँका पूर्वाधारलाई गुणस्तर बनाउनुका साथै यहाँका काममा बाहिरका इन्जिनियरहरु आउँदा आफ्नै ठाउँका इन्जिनियर पलायन हुनुपर्ने बाध्यता लगायतका विषयमा मिश्राले छलफल गरेकी छिन् ।
साथै उनले इन्जिनियहरुसँग आफुलाई मत दिन पनि आग्रह गरेकी छिन् । बैशाख ३० गतेको निर्वाचनमा गुलाफ छापमा मतदान गर्न उनले आग्रह गरेकी हुन् ।एशोसिएशनका अध्यक्ष उमेश गुप्ता रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा एशोसिएशनका पूर्व अध्यक्षहरु लायन इन्जिनियर सञ्ज्य खेतान, इन्जिनियर राघिव हुसैन, इन्जिनियर लालबाबु चौरसिया, इन्जिनियर मुन्ना सर्राफ, इन्जिनियर अर्विन्द कुमार ९एके० झा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण इन्जिनियर बिकेश साहले गरेका थिए ।
© 2024