बीरगन्ज, – बीरगन्ज महानगरपालिका वार्ड नं. १४ मा नेकपा एस पार्टीको चुनाव चिन्ह कलम छापको सानो पिपरा र प्रकाश नगर, तीन टोलियामा घर दैलो कार्यक्रम सम्पन्न भएको छ ।
निर्वाचन जन परिचालन तथा प्रचारप्रसार समितिका संयोजक अनिल पटेलको संयोजकत्वमा जनताको घर–घर मा पुगेर कलम छापमा मतदान गर्न उमेदवारहरुले आग्रह गरेका छन् ।
वार्ड अध्यक्षका उमेदवार रामबालक प्रसाद कुर्मी, सदस्यहरुको उमेदवार मुकेश पटेल, राम दिनेस पटेल, सरस्वती गुरुङसँग स्थानीय जनताहरुले विगतमा भएका वार्डका विकासका गतिविधि बताएका थिए ।
जनताको गुनासोमा प्रतिक्रिया दिदैं उमेदवारहरुले आफुहरुलाई ढुक्कसँग मतदान गर्न आग्रह गरे । उमेदवारहरुले आफुहरुले कुनै किसिमको गलत काम नगर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमका पार्टीका महानगर इन्चार्ज चिरंजीबी आचार्य, गंगा खड़का, पूरेन्द्र लाभ, बृजलाल पासवान, द्वारिका श्रीवास्तव, नरेन्द्र पटेल, मदन कुर्मी, महेश पटेल, पवन पटेल लगयातको उपस्थिति रहेको थियो ।