काठमाडौं,२४ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार तत्काल नढले देश बर्बाद हुने बताउनुभएको छ ।पार्टी निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौंमा उद्घाटन गर्दै ओलीले मुलुक आर्थिक संकटमा फस्दै गएकाले सरकार जति दिन रहन्छ देश थप बर्बाद हुने दाबी गर्नुभएको हो ।‘अहिले देशमा लगानीको वातावरण छैन, बैंक पैसा दिन सक्ने अवस्थामा छैन।
उहाँले भन्नुभयो, ‘यो सरकार तुरुन्तै ढलेन भने जति दिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ।’ तर आफूहरु यो सरकार ढाल्न कोशिश नगर्ने ओलीको भनाई छ । ‘यो गठबन्धन सरकार आफैं कुहिसकेको छ, कुहिएको फल पनि झर्नका लागि मज्जाले कुहिनुपर्छ, यो झर्ने बेलातिर जाँदैछ, समय पर्खिनुपर्छ। मर्न आँटेको मान्छेलाई पनि प्वाक्क हानियो र म¥यो भने ज्यान मुद्दा लाग्छ। ओलीले भन्नुभयो, त्यसैले हामी यो सरकार ढाल्न कोशिश नै गर्दैनौं। ढालेको बात पनि नलागोस्, आफैं कुहिएर फतक्क झरोस्।