Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाल उद्यानभित्र हुक्का र सुर्तीजन्य पदार्थ बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ असार १७,बुधबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, — वीरगन्ज महानगरपालिकाले बालबालिकाका लागि निर्माण गरिएको चिल्ड्रेन पार्कभित्र सञ्चालित होटलबाट हुक्का र सुर्तीजन्य पदार्थ बरामद गरेको छ।

महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको निर्देशनमा बुधबार वडा नं। ४ स्थित शङ्खधर साख्वा ९चिल्ड्रेन० पार्कभित्र सञ्चालित ुदियास हस्पिटालिटी प्रालिु मा नगर प्रहरीसहितको अनुगमन टोलीले छापा मारेको हो।

महानगरका अनुसार होटलको स्टोरमा गरिएको खानतलासीका क्रममा ४६ प्याकेट सूर्य चुरोट, ७० प्याकेट शिखर चुरोट, ८ वटा हुक्का स्ट्यान्ड र १७ प्याकेट विभिन्न फ्लेभरका हुक्का तथा सुर्तीजन्य पदार्थ बरामद गरिएको छ। बरामद सामग्री नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको महानगरले जनाएको छ।

अनुगमन टोलीका अनुसार होटलको दर्ता र नवीकरणको अवस्था भने नियमित रहेको पाइएको छ। तर सार्वजनिक पार्क क्षेत्रभित्र सुर्तीजन्य तथा हुक्काजन्य पदार्थ भण्डारण र बिक्री–वितरण गरिएको भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।

कार्यवाहक प्रमुख आलमले बालबालिकाको मनोरञ्जनका लागि निर्माण गरिएको पार्कभित्र यस्ता गतिविधि हुनु गम्भीर विषय भएको बताए। बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गतिविधिमा संलग्न व्यक्ति वा व्यवसायलाई कानुनबमोजिम कडा कारबाही गरिने उनले चेतावनी दिए।

महानगरपालिकाले आगामी दिनमा पार्क, विद्यालय तथा सार्वजनिक क्षेत्र आसपास हुने यस्ता गैरकानुनी गतिविधि नियन्त्रण गर्न बजार अनुगमनलाई थप प्रभावकारी बनाइने जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग
आर्थिक

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग

प्रकाशित : २०८३ असार १७,बुधबार
बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण
मुख्य समाचार

बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण

प्रकाशित : २०८३ असार १७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद