Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १८,सोमबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, १८ फागुन — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा सोमबार नेपाली कांग्रेसले शक्ति प्रदर्शन गरेको छ। कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले पार्टीका नेता–कार्यकर्ता र समर्थकहरूसहित विभिन्न टोलमा घरदैलो कार्यक्रम सञ्चालन गरेका हुन्।

घरदैलो कार्यक्रममा वडा नम्बर १० का मतदाताहरूको उल्लेख्य सहभागिता देखिएको थियो। कतिपय टोलमा स्थानीय बासिन्दाहरू घरबाट बाहिर निस्किएर चौरसियालाई अबीर, टीका र फूलमाला लगाई समर्थन जनाउँदै जितको आशीर्वाद दिएका थिए। घरदैलोकै क्रममा चौरसियाले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै कांग्रेसलाई मतदान गरी अत्यधिक मतका साथ विजयी गराउन आग्रह गरे।

वडा नम्बर १० को कार्यक्रमपछि चौरसियाले वडा नम्बर ९ का विभिन्न टोलमा पनि घरदैलो अभियानलाई निरन्तरता दिएका थिए। स्थानीयस्तरमा देखिएको सक्रियता र सहभागिताले कांग्रेसको जनआधार बलियो रहेको संकेत गरेको सहभागीहरूको भनाइ छ।

घरदैलो कार्यक्रममा मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा, कांग्रेस नेता राकेश सिंह, वीरगन्ज–१० का पूर्व वडाध्यक्ष रामनगीना साह कानु, वीरगन्ज–९ का वडाध्यक्ष जवाहिर साह कानु, क्षेत्रीय सभापति महमद साहबुदिनलगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरूको पनि सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ फाल्गुन १८,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ फाल्गुन १८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद