Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

“वैदेशिक लगानी भित्र्याएर पर्सामा रोजगारी सिर्जना गर्छु : सुशील कुमार कानु”

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २७,मंगलवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले आज पर्साको पर्सागढी नगरपालिका–४ अन्तर्गत हर्दिया हरदाशपुरस्थित धानुक टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरे । उनले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नीतिगत रूपमा काम गर्दै पर्सा जिल्लाको समग्र विकासका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उम्मेदवार कानुले पर्सा जिल्लामा रहेका शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधारसम्बन्धी विद्यमान समस्याहरूको समाधान नीतिगत सुधारमार्फत गरिने बताए । विशेषगरी वैदेशिक लगानी भित्र्याएर जिल्लाभित्र रोजगारीका अवसरहरू सृजना गर्ने, युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने तथा आर्थिक गतिविधि विस्तार गर्ने आफ्नो प्राथमिकता रहेको उनको भनाइ थियो ।

त्यस्तै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार आवश्यक रहेको उल्लेख गर्दै पहुँचयोग्य र प्रभावकारी सेवा सुनिश्चित गर्न नीतिगत पहल गरिने बताए । पर्सागढी क्षेत्रमा उत्पादन हुने तरकारी तथा अन्य कृषिजन्य उत्पादनलाई वीरगञ्जसहित देशका अन्य बजारसम्म सहज रूपमा पुर्‍याउन सकिने व्यवस्था मिलाउने विषयलाई पनि आफूले प्राथमिकतामा राख्ने उम्मेदवार कानुले जानकारी दिए ।

घरदैलो कार्यक्रममा स्थानीयवासीले आफ्ना समस्या, आवश्यकता तथा अपेक्षाहरू उम्मेदवारसमक्ष राखेका थिए । सो अवसरमा उम्मेदवार कानुले जनताका सुझावलाई आफ्नो चुनावी घोषणापत्र र भावी कार्यदिशामा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीयवासीको उल्लेख्य सहभागितासहित सम्पन्न उक्त घरदैलो कार्यक्रममार्फत रास्वपाले जनतासँग प्रत्यक्ष संवाद गर्दै विकास, सुशासन र अवसर सिर्जनालाई केन्द्रमा राखेर चुनावी अभियानलाई तीव्र बनाउँदै लगेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ माघ २७,मंगलवार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८२ माघ २७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद