Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कृषि, रोजगारी र शिक्षा केन्द्रमा : बिन्दवासनी बारवामा रास्वपाको घरदैलोमा व्यापक जनसमर्थन

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २६,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

पर्सा ।
पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बीरगञ्ज महानगरपालिका वडा नं. १९ बिन्दवासनी बारवा टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। जेष्ठ नागरिक, जेन्जी युवाहरू र स्थानीय महिलाको ठूलो संख्यामा सहभागितासहित सम्पन्न कार्यक्रममा रास्वपाप्रति उल्लेख्य समर्थन देखिएको थियो।

घरदैलोका क्रममा स्थानीयवासीले वर्षायाममा नजिकैको नदीमा पानी बढ्दा खेतीयोग्य जमिनमा क्षति पुग्ने समस्या प्रमुख रूपमा उठाएका थिए। उक्त समस्याप्रति ध्यानाकर्षण गराउँदै रास्वपाका प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानुले आफू निर्वाचित भएमा नदीबाट हुने क्षतिको विषय सदनसम्म उठाइने र दीर्घकालीन समाधानको बाटो खोजिने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा बेरोजगारीको समस्या पनि स्थानीयको प्रमुख चिन्ताको विषय बनेको थियो। विशेषगरी घरमै बस्न बाध्य महिला र युवाहरूका लागि स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना रास्वपाको प्राथमिकतामा रहेको उम्मेदवार कानुले बताए। उनले स्थानीय महिलालाई पशुपालनसम्बन्धी उच्च सीप तालिम प्रदान गर्ने र सोही अनुसारको रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गरिने उल्लेख गरेका थिए।

यसका साथै स्थानीय स्तरमै उच्च शिक्षाको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उम्मेदवार कानुले निर्वाचित भएसँगै यी आधारभूत मागहरू समाधानका लागि पहल गरिने स्पष्ट पारे। “शिक्षा, सीप र रोजगारी जोडिएन भने समृद्ध समाज सम्भव हुँदैन,” उनले भने।

कृषकहरूले उठाएको अर्को गम्भीर समस्या समयमै मल उपलब्ध नहुनु रहेको छ। कानुले कृषकहरूलाई वर्षाको पानी र नदीबाट हुने क्षति न्यूनीकरण गर्ने उपायका साथै मलखाद समयमै उपलब्ध गराउने व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरे। कृषि उत्पादन बढाएर किसानको जीवनस्तर उकास्नु आफ्नो प्रमुख एजेन्डा रहेको उनको भनाइ थियो।

घरदैलो कार्यक्रमका क्रममा रास्वपाले सुशासन, पारदर्शिता र व्यवहारिक विकासको सन्देश स्थानीय टोल–टोलमा प्रवाह गरेको छ। स्थानीयले पुरानै आश्वासनभन्दा ठोस कार्ययोजना आवश्यक रहेको धारणा राख्दै नयाँ नेतृत्वप्रति आशा व्यक्त गरेका छन्।
कार्यक्रमले बिन्दवासनी बारवा क्षेत्रमा रास्वपाप्रति जनसमर्थन विस्तार हुँदै गएको संकेत दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ माघ २६,सोमबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८२ माघ २६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद