Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रदीप यादवलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइनेछ: उपमहासचिव भट्टराई

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २४,शनिबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

पर्सा क्षेत्र नम्बर १ अन्तर्गत पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर १२ श्रीपुरमा पर्सा क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवको सम्पर्क कार्यालय स्थापना गरि सञ्चालनमा ल्याइएको छ ।

बिहीबार नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले उक्त कार्यालयको समुद्घाटन गरेका हुन् । त्यसअवसरमा भट्टराईसंगै पर्सा–१ का एमाले उम्मेदवार यादवकोपनि विशेष उपस्थिती थियो ।

सम्पर्क कार्यालयको उद्घाटन गर्दै एमाले उपमहासचिव भट्टराईले फागुन २१ को निर्वाचनपछि फेरि देशमा एमाले नेतृत्वकै सरकार बन्ने र उक्त सरकारमा प्रदीप यादवलाई एमालेले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने बताए । त्यसका कारण पर्सा–१ का एमाले उम्मेदवार यादवलाई अत्याधिक मतका साथ जिताएर पठाउन उनले आग्रह गरे ।

यादव कर्मठ र जनताको माझमा रहने लोकप्रिय नेता भएकाले यस्ता नेतालाई सांसदमा जिताएर संसदमा पठाउनु आवश्यक रहेको भन्दै उनले यादवको प्रशंसापनि गरे ।

उक्त कार्यक्रममा बोल्दै एमाले उम्मेदवार यादवले संकटमा परेको संविधान जोगाउनकै लागि आँफुले एमालेले रोजेको बताए । संविधान नै नरहे मधेसका मुद्धाहरुपनि नरहने भएकाले आँफुले संविधान र मधेसका मुद्धा जोगाउनका लागि नै एमाले पार्टी रोजेको उनले प्रष्ट पारे ।

वीरगन्जमा केन्द्रिय उपमहासचिव भट्टराई आगमनपछि उनले पर्सामा एमालेभित्रका केहि साथीहरुमा रहेका केहि तीतामीठा कुराहरु समाप्त भएको भन्दै उनले आजको कार्यक्रमले एमाले पर्सामा एकताको सन्देश प्रवाहक पनि गरेको बताए । उनले यसपालिको निर्वाचनमा पर्साका चारै क्षेत्रमा एमाले जित्ने उद्घोष पनि गरे । उनले भने,‘ अहिलेको लडाई संविधान जोगाउने लडाई हो , अहिलेको लडाई राष्ट्र र राष्ट्रियत जोगाउने लडाईपनि हो । त्यसका कारण एमालेलाई जिताउन् पर्छ ।’

एमालेका क्षेत्र नम्बर १ का संयोजक मानदेव हजराको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य प्रभु हजरा,निर्मला देवकोटा, प्रदेशका पूर्वमन्त्री प्रमोद जयसवाल , प्रदेश सभाका पूर्व सदस्य जन्नत अन्सारी,एमाले जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्मा, जिल्ला सचिव महेश दास , एमाले नेतृ मुन्नि श्रीवास्तव लगायतकाको सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ माघ २४,शनिबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८२ माघ २४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद