Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पत्रकारसँग नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार : पर्सा–१ देखि ४ का प्रतिनिधिसभा उम्मेदवारसँग अन्तरक्रिया सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १९,सोमबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

पर्सा ।
प्रेस सेन्टर नेपाल पर्सा र समाजवादी प्रेस संगठन पर्साको संयुक्त आयोजनामा पर्सा निर्वाचन क्षेत्र नं. १ देखि ४ सम्मका प्रतिनिधिसभा उम्मेदवारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा निर्वाचनको वर्तमान अवस्था, प्रचार–प्रसारको रणनीति तथा राजनीतिक दल र सञ्चारमाध्यमबीचको सहकार्यका विषयमा विस्तृत छलफल गरिएको थियो।

अन्तरक्रिया कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार सिए अजय चौरसिया, क्षेत्र नं. २ का उम्मेदवार मनोज पटेल र छोटेलाल यादव तथा क्षेत्र नं. ४ का प्रतिनिधिसभा उम्मेदवार जयप्रकाश थारुलगायत पार्टीका केन्द्रीय सदस्य तथा नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसैगरी कार्यक्रममा प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे, पर्सा जिल्ला अध्यक्ष शिवनाथ यादव, समाजवादी प्रेस संगठन मधेश प्रदेश अध्यक्ष मनोज पटेल, पर्सा जिल्ला अध्यक्ष शम्भु सुमनलगायत जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।

अन्तरक्रियाका क्रममा वक्ताहरूले निर्वाचनको समसामयिक अवस्था, चुनावी प्रचार–प्रसारलाई प्रभावकारी बनाउने उपाय, निष्पक्ष तथा जिम्मेवार पत्रकारिता र लोकतन्त्र सुदृढीकरणमा सञ्चारमाध्यमको भूमिकाबारे आ–आफ्ना धारणा राखेका थिए। राजनीतिक दल र पत्रकारबीच पारस्परिक विश्वास, पारदर्शिता र सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।

कार्यक्रममा सहभागी सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै पर्सा निर्वाचन क्षेत्र नं. १ देखि ४ सम्मका उम्मेदवारहरूलाई विजयी गराउने विषयमा छलफल तथा परिचर्चा गरिएको आयोजकहरूले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ माघ १९,सोमबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८२ माघ १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद