Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बहुअरीको सडक निर्माणमा अवरोध, गाउँपालिकाको आपत्ति

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ भाद्र ९,सोमबार
A A
7
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीमा सडक निर्माणमा भइरहेको अवरोधप्रति गाउँपालिकाले गम्भीर आपत्ति जनाएको छ। केही व्यक्तिहरूले राजनीतिक र व्यक्तिगत स्वार्थका कारण निर्माण कार्यमा अवरोध पुर्‍याउँदै भ्रामक सूचना फैलाएको गाउँपालिकाको आरोप छ।

गाउँपालिकाका प्रवक्ता महमद नुरुल होदा अन्सारीले एक प्रेस विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि नियोजित ढंगले सडक निर्माणमा बाधा पुर्‍याइएको उल्लेख गरेका छन्। उनका अनुसार, गाउँपालिकाले विगत तीन वर्षदेखि बहुअरीको मूल सडक निर्माणका लागि योजना र बजेट विनियोजन गर्दै आएको छ।

वडास्तरको निर्णयदेखि गाउँ सभासम्मको सहमति अनुसार चालु आर्थिक वर्षमा सडक निर्माण सुरु गरिएको हो। २०८० माघ २० गते वडा नम्बर ५ का अध्यक्ष रामेश्वर प्रसाद कलवारको अध्यक्षतामा स्थानीय पञ्च, भद्रभलादमी र बुद्धिजीवीहरूको बैठकले सडकको चौडाइ २५ फिट ९दायाँ–बायाँ १२।५–१२।५ फिट० हुने निर्णय गरेको थियो।

निर्णयअनुसार घर, टहरा, झोपडी हटाउन तीनपटक सार्वजनिक सूचना जारी गरिएको भए पनि २०८१ असार ४ गते केही स्थानीयले २१ फिट चौडाइको माग गर्दै न्यायिक समितिमा निवेदन दिएका थिए। त्यसपछि २३ फिट चौडाइमा सडक र नाला निर्माण गर्ने निर्णय गरिए पनि पुनः अवरोध गरिएको गाउँपालिकाको भनाइ छ।

२०७९ सालदेखि नै चलिरहेको यो विवाद समाधानका लागि विभिन्न चरणमा छलफल र सहमति प्रयास भए तापनि अवरोध कायमै रहेको छ। अन्ततः २०८२ सालमा यथास्थितिमा ९औसत १९–२१ फिट चौडाइ० सडक निर्माण गर्ने निर्णय भएको र यसमा गाउँसभा समेतको सर्वसम्मति प्राप्त भएको गाउँपालिकाले स्पष्ट पारेको छ।

गाउँपालिकाको तथ्याङ्कअनुसार, यदि २५ फिट चौडाइको सडक बनाइएमा झण्डै १०० घर र पर्खाल प्रभावित हुनेछन्, भने २३ फिटमा ९७ र २१ फिटमा ८८ घर–पर्खाल भत्काउनुपर्ने हुन्छ। निजी जग्गाको मुआब्जा र सहमति नपाएकाले व्यवहारिक रूपमा यथास्थितिमा सडक बनाउने अन्तिम निर्णय भएको जनाइएको छ।

गाउँपालिकाले बहुअरीमा हाइवे रोडको सुविधा भएकोले वर्तमान चौडाइमै सडक निर्माण उपयुक्त रहेको ठहर गर्दै, निर्माणमा अवरोध पुर्‍याउने कार्य तत्काल बन्द गर्न आग्रह गरेको छ। साथै, छलफलमार्फत समाधान निकाल्दै विकास निर्माणको काम अघि बढाउन सबै पक्षलाई सहयोग गर्न अपिल गरिएको छ।

प्रवक्ता अन्सारीले कानुनी प्रक्रिया पूरा गरी नियमअनुसार सडक निर्माण कार्य अघि बढाइने प्रतिबद्धता जनाएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८२ भाद्र ९,सोमबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८२ भाद्र ९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद