Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

काठमाडौँमा ट्याङ्करको भरपर्नु पर्ने अवस्थाको चाँडै अन्त्य हुने : खानेपानीमन्त्री यादवको घोषणा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २५,आईतवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २५ जेठ — खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले अब काठमाडौँ उपत्यकाका बासिन्दालाई पिउने पानीका लागि ट्याङ्करमा भर पर्नुपर्ने अवस्था अन्त्य हुने बताएका छन्।

खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले मेलम्ची खानेपानी आयोजना अब नियमितरूपमा सञ्चालनमा ल्याइने जानकारी दिए। उनका अनुसार मेलम्चीको पानी अब वर्षायाममा समेत अवरुद्ध नहुने र उपत्यकाभित्र दैनिक आपूर्ति सुनिश्चित गरिनेछ।

“अब पानीका लागि ट्याङ्करको भरमा बस्नुपर्ने दिन सकिएको छ,” मन्त्री यादवले भने, “असार महिनामा पनि मेलम्चीको पानी बन्द हुने छैन्। सरकारले नियमित आपूर्ति सुनिश्चित गर्न पूर्वाधार निर्माण र वैकल्पिक उपायहरूमा काम तीव्र बनाएको छ।”

उहाँले खानेपानी सबै नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै मन्त्रालय त्यसलाई सुनिश्चित गर्न प्रतिवद्ध रहेको बताए। मन्त्री यादवका अनुसार आगामी दिनमा काठमाडौँ मात्र नभई अन्य शहरी क्षेत्रमा पनि सुरक्षित र पर्याप्त पानी आपूर्ति गर्न सरकारले ठोस योजना अघि बढाइसकेको छ।

बर्खायाममा पनि मेलम्चीको पानी निरन्तर आउने

मन्त्री यादवले मेलम्चीको पानी बर्खायाममा पनि निरन्तर आउने योजना अन्तिम चरणमा रहेको बताए। “बाढीले मुहानमा क्षति पुर्याउने सम्भावना रहेकाले मुहानको ढोका मात्र बन्द हुन्छ, तर पानी सुरुङमार्फत निरन्तर आउनेछ,” उहाँले स्पष्ट पार्नुभयो।

महसुल पारदर्शी र यथार्थपरक बनाइने

कार्यक्रममा मन्त्री यादवले हालै सरकारले जारी गरेको खानेपानी तथा सरसफाइ नियमावली, २०८१ र आयोगको महसुल निर्धारण निर्देशिका, २०८१ को सन्दर्भमा बोल्दै, उपभोक्ता समितिहरूलाई सेवा र महसुल सम्बन्धी प्रस्ताव पारदर्शी रूपमा तयार पार्न निर्देशन दिए।

“सेवा सञ्चालन, मर्मत र विस्तारका लागि महसुल यथार्थपरक, सन्तुलित र दिगो हुनु आवश्यक छ,” मन्त्री यादवले बताए, “यसले कानुनी स्पष्टता, सेवा गुणस्तरमा सुधार र उपभोक्ताको हितमा योगदान पुर्‍याउनेछ।”

देशभरि सञ्जाल विस्तार गर्ने योजना

मन्त्री यादवले उपत्यकामा सीमित नरही यस्ता अन्तरक्रिया तथा संवेदनशीलता अभिवृद्धि कार्यक्रम देशभरका स्थानीय तहहरूसँग समन्वय गर्दै निरन्तर सञ्चालन गरिनुपर्नेमा जोड दिए।

सरोकारवालाहरूको सहभागिता

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले खानेपानी हरेक नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको अधिकार भएको बताउँदै सबैको सहकार्य आवश्यक रहेको धारणा राखिन्।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठले उपभोक्ता समितिहरूलाई व्यवसायिक कार्ययोजना बनाउँदै गुणस्तरीय सेवा प्रदान गर्न सुझाव दिए।

कार्यक्रममा आयोगका अध्यक्ष रुद्रप्रसाद गौतम, उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्रप्रसाद अर्याल, नेपाल खानेपानी संस्थानका अध्यक्ष डा. ढुण्डराज भट्टराई, महाप्रवन्धक अर्जुनबाबु ढकाल लगायतको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८२ जेष्ठ २५,आईतवार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८२ जेष्ठ २५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद