हेटौंड
बागमती प्रदेशसभाको बैठक मंगलबार साढे २ घण्टा ढिलो गरी सुरु भएको छ। बिहान ११ बजेका लागि तय गरिएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको सहमतिपछि सुरु गरिएको हो।
विगतका सहमति कार्यान्वयनको माग गर्दै पटक–पटक बैठक अवरुद्ध गर्दै आएको माओवादी केन्द्र सरकारको नीति तथा कार्यक्रम अगाडि बढाउन तयार भएपछि बैठक सञ्चालनमा आएको हो। बजेट रकमान्तरको विषयमा अड्किएको प्रतिपक्षको मागलाई सरकारले क्रमिक रूपमा सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि सहमति जुटेको बताइएको छ।
आजको बैठकमा विशेष समयको कार्यसूची रहेको छ। बैठकमा प्रदेश प्रमुख न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, विभिन्न समितिहरूद्वारा तयार पारिएका प्रतिवेदनहरू पेश हुने कार्यक्रम छ। त्यसैगरी, प्रदेश चलचित्र सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) प्रस्ताव पनि बैठकमा प्रस्तुत हुने कार्यसूची रहेको छ।



