Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home कृषि

झापाका विभिन्न स्थानहरूमा निर्माणाधीन खानेपानी परियोजनाको स्थलगत अनुगमन गर्दै –मन्त्री यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ८,शनिबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

झापा, ८ मङ्सिर । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले झापा जिल्लाका विभिन्न स्थानहरूमा निर्माणाधीन खानेपानी परियोजनाहरूको स्थलगत अनुगमन गर्दै, निर्माण कार्यको प्रगतिसँगै आइपर्ने चुनौतीहरूको विस्तृत जानकारी लिनुभएको छ ।
मन्त्री यादवले शनिवार झापाको मेचीनगर र धुलावारीमा निर्माणाधीन खानेपानी ओभरहेड ट्याङ्कीहरूको निरीक्षण गर्दै सम्बन्धित निकायहरूलाई निर्माण कार्य समयमै सम्पन्न गर्न कडा निर्देशन दिनुभयो । उहाँले उपभोक्ताहरूलाई शुद्ध र स्वच्छ पानी उपलब्ध गराउनका लागि निर्माण कार्यमा तीव्रता ल्याउन जोड दिनुभयो ।

त्यस्तै सुरुङ्गास्थित सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मोरङको सनिचरीस्थित पथरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पदाधिकारीहरूसँग छलफल गर्दै मन्त्री यादवले स्थानीय स्तरमा भइरहेको प्रगति, सञ्चालनमा रहेका योजना, र चुनौतीहरूको समाधानका लागि सरकारको निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व हो । यसका लागि सरकार आवश्यक नीति र कार्यक्रममार्फत सुविधायुक्त र दिगो सेवा उपलब्ध गराउन प्रयासरत छ ।”

मन्त्री यादवले झापाको मेचीनगरमा चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र काँकरभीट्टास्थित काँकरभीट्टा खानेपानी उपभोक्ता संस्थाको पनि स्थलगत अवलोकन गर्नुभयो । उहाँले स्थानीय तहमा भएका सकारात्मक कार्यहरूको प्रशंसा गर्दै खानेपानी आपूर्ति सुधारमा देखिएका चुनौतीहरू समाधान गर्न सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री यादवले झापामा निर्माण भइरहेको दिसाजन्य लेदो व्यवस्थापन परियोजना र सरसफाइ व्यवस्थापन परियोजनाको पनि अवलोकन गर्नुभयो । उहाँका अनुसार, परियोजनाहरूले झापा र आसपासका क्षेत्रका नागरिकहरूलाई स्वच्छता र स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछन् ।
उहाँले देशभर देखिएका खानेपानी सम्बन्धी समस्या समाधानका लागि सरकार सक्रिय रहेको र व्यक्तिगत रूपमा स्थलगत अनुगमन तथा अवलोकनमार्फत परियोजनाको प्रगतिबारे जानकारी लिन आफू कटिबद्ध रहेको बताउनुभयो । मन्त्री यादवले दीर्घकालीन योजना कार्यान्वयन गर्दै स्थायी, भरपर्दो र सहज पानी आपूर्ति सुनिश्चित गर्न सबै तहका साझेदारहरूसँग सहकार्यलाई सुदृढ गर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल सरकार नागरिकहरूको जीवनस्तर उकास्न खानेपानी र सरसफाइ सेवा सुधार्न दृढ छ । स्रोत साधन परिचालन गरी समयमै परियोजनाहरू सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ ।”
झापाका उपभोक्ता संस्थाहरूका पदाधिकारीहरूले मन्त्री यादवको सक्रियतालाई सकारात्मक कदमका रूपमा व्याख्या गर्नुभएको छ । यसले झापामा निर्माणाधीन खानेपानी परियोजनाहरूलाई समयमै सम्पन्न गर्न ऊर्जा थपेको छ ।
मन्त्री यादवको भ्रमण पश्चात् स्थानीय नागरिकहरूले स्थायी र गुणस्तरीय खानेपानी सेवा प्राप्त हुने आशा व्यक्त गर्नुभएको छ । मन्त्री यादवको सक्रिय नेतृत्वमा सरकारले खानेपानी समस्याको समाधान गर्दै नागरिकहरूको विश्वास जित्ने अपेक्षा गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८१ मंसिर ८,शनिबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८१ मंसिर ८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद