Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

तराई–मधेसमा खानेपानीको समस्या समाधानका लागि काम भईरहेको छ – खानेपानी मन्त्री यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक १०,शनिबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१० कार्तिकःसंघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले तराई–मधेसमा दुई वर्ष यतादेखि विद्यमान खानेपानीको समस्या अल्पकालिन र दीर्घकालीन रुपमा समाधानका लागि काम गरिरहेको बताएका छन् ।

वीरगन्जमा सञ्चालनमा आएको रेडियो सिमाञ्चल ९५।१ मेघाहर्जको शनिबार समुद्घाटन गर्दै मन्त्री यादवले वर्षौपहिले बनेर सञ्चालनमै नआई अलपत्र अवस्थामा रहेका मधेस प्रदेशका २ सय ८० वटा ओभर हेड ट्यांक सञ्चालनमा ल्याउनका लागि काम थालिसकेको बताए ।ती ओभर हेड ट्यांक सञ्चालनमा ल्याउनका लागि मन्त्रीस्तरीय निर्णय गरेर आवश्यक बजेटको स्टिमेट तयार पारिसकेको उनले बताए । विज्ञहरुले ३ अर्ब रुपैयाँको स्टिमेट बनाएको भन्दै उनले अर्थमन्त्री विष्णु पौडेल अमेरिकाबाट फर्किए लगत्तै आगामी प्रकृया सुरु गरिहाल्ने मन्त्री यादवले बताए ।

सिंचाईका लागि निर्माणाधिन सुनकोशी मरिन डाइभर्सनबाटै मधेस प्रदेशका ६ जिल्ला ९पर्सादेखि धनुषासम्म० मा खानेपानी आपूर्तिका लागि महत्वकांक्षी आयोजनाको काम सुरु भइसकेको जानकारी उनले गराए ।मधेसमा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधानका लागि ४२ अर्ब रुपेयाँको उक्त आयोजना९प्रोजेक्ट० निर्माण गरेर मधेसका ६ जिल्लामा खानेपानी वितरण गर्ने योजना रहेको उनले बताए ।

उनले भने,‘ करिब ४२ अर्ब रुपैयाँको त्यो प्रोजेक्ट हो । प्रोजेक्टको प्रकृया अगाडि बढाइसकेको छु ।निकट भविष्यमै त्यसको टेण्डरपनि हुदैंछ । यसमा स्थानीय सरकार ,प्रदेश सरकार र संघ सरकारका साथै विदेशी दाताको सहयोग लिएर काम हुन्छ ।’उक्त प्रोजेक्ट निर्माण भएपछि मधेसमा कहिल्यैपनि खानेपानीको समस्या नहुने दाबी उनले गरे ।

मन्त्री यादवले हेटौडाँस्थित राप्ती नदीको पानी वीरगन्जसम्म ल्याएर भारतको बिहारसम्म लगेर नेपालको पानी बिक्री गर्ने योजनापनि औपचारिक रुपमा अगाडि बढाइसकेको बताए ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यसमेत रहेका मन्त्री यादवले संघीय सरकारको मन्त्री रुपमा आँफुले गृह जिल्ला पर्साबासीको शीर ठाडो पार्ने गरी काम गरिरहेको जिकिरपनि गरे । उनले भने,‘किनकि मैले काम गरेर देखाएको छु। मेरो काम बोलेको छ ।’

नेपाल पोष्ट मिडिया प्रालिका अध्यक्ष मनोज पटेलको अध्यक्षता तथा मन्त्री यादवको प्रमुख आतिथ्यता एंव वीरगन्ज महानगरका मेयर राजेशमान सिंहको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र यादव,मधेस प्रदेश महासचिव श्याम बन्जारा,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य डा।सुबोध गुप्ता,वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल,रेडियो वीरगन्जका अध्यक्ष ध्रुब साह,नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य निलिमा पौडेल,पर्सा अध्यक्ष विजय महतो,प्रेस सेन्टरका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर,समाजवादी प्रेस संगठनका केन्द्रीय बृजलाल पासवान,पर्सा अध्यक्ष शम्भु कुमार सुमन,प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी,नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव लगायतकाले रेडियोको सफलताका लागि शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।कार्यक्रममा रेडियोका प्रबन्ध निर्देशक सन्तोष साहले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८१ कार्तिक १०,शनिबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८१ कार्तिक १०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद