Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जनअपेक्षा पूरा गर्दै द्रुतगतिमा सुधार  ,खानेपानी मन्त्री प्रदीप यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक ६,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ६ कार्तिक । सङ्घीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो एक सय दिनको कार्यकालका उपलब्धिहरू आज सार्वजनिक गर्नु हुँदै मन्त्रालयको कामलाई जनअपेक्षाअनुसार द्रुतगतिमा अघि बढाइएको बताउनुभएको छ  । मन्त्रालयमा आज पत्रकार सम्मेलनको आयोजना गरी गत असार ३१ गते पदभार ग्रहण गरेपछि आफूले मेलम्ची आयोजना पुनः सञ्चालनदेखि बाढी प्रभावित क्षेत्रहरूको पुनर्स्थापनासम्मका कार्यहरूमा विशेष ध्यान दिइएको बताउनुभयो । 

उहाँले आफ्नो नेतृत्वमा मन्त्रालयले स्थलगत निरीक्षण र जनसंवादमार्फत योजनाहरूको प्रभावकारिता सुनिश्चित गर्दै सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाइएको दाबी गर्नुभयो ।

बडादसैँ अगाडि नै मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने आफ्नो अठोट अनुरूप मेलम्चीको पानी गत असोज २२ गतेदेखि पुनः सुन्दरीजल प्रशोधन केन्द्र हुँदै काठमाडौँ उपत्यकामा आपूर्ति गरिन थालिएको बताउनुभयो । “यसले उपत्यकावासीलाई दैनिक १७ करोड लिटर पानी उपलब्ध गराउन थालिएको छ,” उहाँले भन्नुभयो, “मेलम्ची आयोजनाको पुनः सञ्चालनमा मैले आफैँ मेलम्ची पुगेर स्थानीय जनप्रतिनिधि र सङ्घर्ष समितिका पदाधिकारीहरूसँग छलफल गरेर पानी आपूर्तिमा सहयोग गर्न अनुरोध गरेको थिए ।”

प्रत्यक्ष जनसंवाद र सहकार्यको प्रयासले काठमाडौँ उपत्यकाको खानेपानी सङ्कटलाई कम गर्न महत्त्वपूर्ण पुगेको उहाँले बताउनुभयो । मन्त्री यादवले आफ्नो सय दिनको अवधिमा विभिन्न आयोजनाहरूको स्थलगत अनुगमन र निरीक्षण गर्दै व्यक्तिगत रूपमा प्रगतिमा चासो देखाउनु भएको थियो । उहाँले आयोजनास्थलमा पुगेर जिम्मेवार अधिकारीहरूलाई प्रक्रिया छिटो पूरा गरी काममा तीव्रता दिन समेत निर्देशन दिनुभएको थियो । 

“स्थलगत अनुगमनका क्रममा मलाई जनताका समस्या प्रत्यक्ष बुझ्न र समाधान खोज्न मद्दत मिल्यो,” मन्त्री यादवले भन्नुभयो । उहाँको निरीक्षणको क्रममा स्थानीयहरूले सुझाव दिने अवसर पाएका थिए, जसले योजनाहरू अझ प्रभावकारी बनाउन सहयोग पुर्‍याएको छ ।

पानी आपूर्ति सुधारका लागि मन्त्रालयले काठमाडौँ उपत्यकामा एक हजार सात सय किलोमिटर नयाँ पाइपलाइन विस्तार गरेको मन्त्री यादवले बताउनुभयो । “जसमा स्वयम्भू, ताहाचल, बालुवाटार, मन्डिखाटार र चाबहिल क्षेत्रमा मात्रै सात सय किलोमिटर पाइप बिछ्याइएको छ । हामीले पानी अभावको समस्या चाँडै समाधान गर्ने अठोट गरेका छौँ,” मन्त्री यादवले भन्नुभयो । त्यसै गरी, कीर्तिपुर र महाँकालचौरमा ६० लाख र ८० लाख लिटर क्षमताका दुई ठूला ट्याङ्कीहरूको निर्माण सम्पन्न भई ती क्षेत्रहरूमा नियमित आपूर्ति सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयले सरसफाइ सुधारमा पनि विशेष प्राथमिकता दिएको उहाँले दाबी गर्नुभयो । तर, असोज महिनामा आएको अविरल वर्षाका कारण धोवीघाट फोहोर पानी प्रशोधन केन्द्र डुबानमा परेपछि केही उपकरणहरू अवरुद्ध भएका थिए । मन्त्री यादवले समस्या समाधानका लागि तत्काल मर्मत थाल्न निर्देशन दिइएको र बिमा कम्पनीसँग छलफल गरी मर्मत कार्य अघि बढाउने तयारी भइरहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “सरसफाइ व्यवस्थापनमा कुनै सम्झौता हुने छैन । हामीले तुरुन्त समाधानको बाटो खोजिरहेका छौँ ।” 

मन्त्रालयले भेरी पम्पिङ आयोजनालाई गति दिन २८ अगस्टमा चीनको झेजिङ टोलीसँग ठेक्का सम्झौता गरी निर्माण कार्य अघि बढाइसकेको पनि मन्त्री यादवले बताउनुभयो । पोखरा खानेपानी सुधार आयोजनामा भने बाढीका कारण अवरोध सिर्जना भएको छ । सेप्टेम्बर २४ मा आएको बाढीले आठ सय मिलिमिटर पाइपलाइनमा क्षति पुर्‍याएपछि मर्मत कार्य तीव्र गतिमा भइरहेको छ ।

यस्तै मन्त्रालयले देशभरिका विभिन्न जिल्लाहरूमा २० वटा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरू सञ्चालनमा ल्याएको छ । यी आयोजनाहरू विभिन्न चरणमा रहेका छन्, जसमा पुरानो योजना मर्मतदेखि नयाँ आयोजना निर्माणसम्मका कामहरू समावेश छन् । मन्त्रालयले यी परियोजनाहरूलाई छिटो सम्पन्न गर्नका लागि अतिरिक्त बजेटको व्यवस्थापनका लागि प्रयास गरिरहेको मन्त्री यादवले बताउनुभयो । परियोजनाहरूको सफल कार्यान्वयनले करिब १५ लाख मानिसलाई प्रत्यक्ष लाभ पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गत असोजमा आएको अविरल वर्षाले मुलुकका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले पाँच सय २५ वटा खानेपानी आयोजनामा क्षति पुर्‍याएको मन्त्री यादवले जानकारी दिनुभयो । मन्त्रालयले ती आयोजनाहरूको मर्मत कार्यलाई प्राथमिकता दिँदै पुनर्स्थापना प्रक्रिया सुरु गरिसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढी प्रभावित क्षेत्रमा अस्थायी पाइपलाइनहरू मार्फत पानी आपूर्ति गरिएको छ भने क्लोरीन वितरण गरेर स्वच्छ पानी सुनिश्चितता गराइएको छ । यससँगै, मन्त्रालयले स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर विभिन्न जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरेको छ ।” यस्तै मन्त्रालयले बाढी प्रभावित क्षेत्रहरूमा पनि शीघ्र सुधारको काम थालेको छ । काभ्रे र ललितपुरमा नयाँ पाइप बिछ्याउने र मर्मत कार्य तीव्र रूपमा अघि बढिरहेको छ । मन्त्री यादवले भन्नुभयो, “स्थानीय सरकारहरूसँग सहकार्य गरी समस्या समाधान गर्न हामी पूर्ण प्रतिबद्ध छौँ ।” उहाँले दीर्घकालीन समाधानका लागि प्राविधिक अध्ययन अगाडि बढाएको र भविष्यमा यस्ता समस्या नदोहोरिने गरी पुनर्स्थापना गर्ने योजनामा मन्त्रालय अघि बढेको जानकारी दिनुभयो ।

मन्त्रालयले देशभरिका विभिन्न क्षेत्रहरूमा आयोजना सञ्चालन गरी स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुर्‍याउँदै आएको मन्त्री यादवले बताउनुभयो । “पोखरामा खानेपानी सुधार आयोजना मार्फत ४८ हजार पाँच सय जनसङ्ख्यालाई, विराटनगरमा ४५ हजार नौँ सय ८७ जनसङ्ख्यालाई, र झापाको बेलडाँगीमा २३ हजार  सात सय ४३ जनसङ्ख्यालाई स्वच्छ खानेपानी आपूर्ति गरिँदै छ । यस्तै, वीरगञ्जमा १४ वटा नयाँ खानेपानी आयोजनाहरूको निर्माण कार्य सुरु भइसकेको छ,उहाँको भनाई थियो ।

मन्त्री यादवको सय दिने कार्यकालमा देखिएको परिवर्तनले जनताको जीवनमा सकारात्मक प्रभाव पारेको र मन्त्रालयको कामलाई सजगता, पारदर्शिता र गतिका साथ अघि बढाएको भन्दै जनताले खुलेर प्रशंसा गरेको मन्त्री यादवले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयको प्राथमिकता भनेको नागरिकलाई गुणस्तरीय र भरपर्दो सेवा दिने हो । हामी जनअपेक्षाअनुसार काम गरिरहेका छौँ ।” 

जनतालाई भरपर्दो सेवा दिन निरन्तर लागिरहने प्रतिबद्धता जनाउँदै भन्नुभयो, “मुलुकका सबै नागरिकले स्वच्छ पानी पाउने सुनिश्चितता गर्न कुनै कसर बाँकी राख्दैनौँ । खानेपानी सुधारमा आएको यो परिवर्तन स्थायी बनाउनेछौँ ।”

आजको उक्त पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्यले मन्त्री यादवको सक्रिय अनुगमन र समन्वयले सेवा प्रभावकारी बनाएको एवं मन्त्रालयको कार्यसम्पादनमा गति आएको बताउनुभयो । उहाँले मन्त्रालयले आधुनिक प्रविधिको प्रयोग र जनसमुदायसँगको संवादबाट नीतिहरूको प्रभावकारिता बढाएको जानकारी दिनुभयो ।

विश्लेषकहरूका अनुसार मन्त्री यादवको नेतृत्वमा मन्त्रालयले आयोजना कार्यान्वयनमा गति मात्र दिएको छैन, जनतासँगको सहकार्य र समस्याप्रति संवेदनशीलता पनि देखाएको छ । उनीहरूले मन्त्री यादवको स्थलगत निरीक्षण र जनसंवादलाई मन्त्रालयको सफलताको कडी मानेका छन् । “प्रदीप यादवजीले परिणाममुखी र जिम्मेवार नेतृत्व प्रस्तुत गर्दै मन्त्रालयलाई नयाँ उचाइमा पुर्‍याउन सफल हुनु भएको छ,” एक विश्लेषकले टिप्पणी गर्नुभयो ।

“मैले यो सय दिनमा जनताको अपेक्षा पूरा गर्ने प्रयास गरेको छु,” मन्त्री यादवले भन्नुभयो, “आगामी दिनमा थप ठूला योजनाहरू कार्यान्वयन गर्दै देशभर खानेपानी सेवा सुधार्ने लक्ष्य लिएका छौँ । जनतासँगको सहकार्य र विश्वास हाम्रो प्रेरणा हो ।”

मन्त्री यादवको सय दिने कार्यकालले खानेपानी क्षेत्रको सुधारमा नयाँ आयाम थप्दै जनताले अपेक्षा गरेका परिवर्तनहरूलाई यथार्थमा बदल्न सफल भएको छ ।

उहाँले आफ्नो सय दिने कार्यकाल सफल पार्न सहयोग गर्न मन्त्रालयदेखि खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी संस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, मेलम्ची खानेपानी आयोजनाका कर्मचारी र प्रतिनिधिहरूसँगै सचिवालयप्रति आभार पनि प्रकट गर्नुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गर्नुभएको कार्यसम्पादन सम्झौता अनुरूप एक सय दिन भित्र गरिनुपर्ने कामहरूमध्ये अधिकांश गर्न सफल भएको बताउनुभयो ।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र वन तथा वातावरण मन्त्री हुँदा पनि मन्त्री यादवले उल्लेखनीय काम गर्नुभएको छ । उहाँ पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ र उहाँले यसअघि गरेको कामकै कारण जनताले दोस्रो कार्यकालका लागि उहाँलाई प्रतिनिधिसभा सदस्य बनाएर पठाएका छन् ।

मन्त्री यादवको सय दिने कार्यकालले खानेपानी क्षेत्रको सुधारमा नयाँ आयाम थप्दै जनताले अपेक्षा गरेका परिवर्तनहरूलाई यथार्थमा बदल्न सफल भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८१ कार्तिक ६,मंगलवार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८१ कार्तिक ६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद