Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उपेन्द्र यादवलाई ठूलो झट्का, पर्सामा जिल्ला र महानगर सचिवलगायत नेता जसपामा प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ आश्विन ५,शनिबार
A A
6
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ५ असोज । जनता समाजवादी पार्टी ९जसपा० नेपालका पर्सा जिल्ला सचिवसहित सक्रिय नेताहरूले पार्टी त्याग गर्दै जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्नुभएको छ ।

शनिवार वीरगञ्जमा आयोजित एक अनौपचारिक कार्यक्रमका बिच नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवको सक्रियतामा जसपा नेपालका जिल्ला सचिव अहमदसहित वीरगञ्ज महानगर कमिटीका सचिव असलम अन्सारी र पार्टी निकट समाजवादी विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष एजाजबाबु रांकीले आज जसपा प्रवेश गर्नुभएको हो ।

नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै जसपाका उपमहासचिव समेत रहनुभएका मन्त्री यादवले पार्टीमा प्रवेश गर्नुभएका नेताहरूको स्वागत गर्दै भन्नुभयो, “तबरेज अहमदजस्ता नेताहरूको पार्टी प्रवेशले जसपा नेपाललाई निःसन्देह थप मजबुत बनाउनेछ । हाम्रो पार्टीको मूल उद्देश्य जनताको सेवा गर्नु र समाजमा सकारात्मक परिवर्तन ल्याउनु हो । यी नेताहरूको आगमनले हामीलाई जनताको पक्षमा अझ राम्रो काम गर्न प्रेरणा मिल्नेछ ।”

त्यसै गरी उहाँले पार्टी भित्र जनताको आकाङ्क्षालाई पूरा गर्न सक्ने नेताहरूको आवश्यकता रहेको बताउँदै थप्नुभयो, “हामीले सङ्गठनात्मक क्षमतालाई अझ प्रभावकारी बनाउनका लागि सबैले योगदान पुर्‍याउनुपर्छ । आज पार्टीमा सहभागी भएका सबै नेताहरूले भविष्यमा जनताको हितमा महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ ।” नवप्रवेशीहरूको आगमनले सङ्गठनलाई मात्र होइन, सम्पूर्ण मधेस आन्दोलनको उद्देश्यलाई पनि मजबुत बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

त्यसै गरी वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पनि पार्टीमा प्रवेश गरेका नेताहरूलाई स्वागत गर्दै भन्नुभयो, “हाम्रो सङ्गठनलाई बलियो बनाउन सक्षम नेताहरूको आगमनले हामीलाई नयाँ ऊर्जा प्रदान गरेको छ । अब हामी वीरगञ्जलगायत मधेसका जनताको समृद्धि र विकासका लागि अझ प्रभावकारी रूपमा अगाडि बढ्न सक्छौँ ।” उहाँले जनताको अपेक्षालाई सम्बोधन गर्दै पार्टीलाई अझ जनमुखी बनाउने दिशामा काम गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो ।

पार्टी प्रवेशका क्रममा तबरेज अहमदले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको नकारात्मक नेतृत्वशैलीले आफू र अन्य नेताहरूले पार्टी छोड्न बाध्य भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्र लोकतान्त्रिक प्रक्रियाको अभाव, अध्यक्षको अराजक र असन्तुलित निर्णयले गर्दा हामी जसपा नेपालप्रति निराश भएका हौँ ।” उहाँले थप्नुभयो, “उपेन्द्र यादवको नेतृत्वमा सङ्गठनको मूल सिद्धान्त र पार्टीका उद्देश्यसँग असङ्गत गतिविधिहरूले असन्तुष्टि पैदा गर्‍यो । त्यसैले, हामीले पार्टी परित्याग गर्ने निर्णय गर्‍यौँ ।” उहाँले अब जसपालाई बलियो बनाउन तर्फ आफूहरू लाग्ने सङ्कल्प पनि गर्नुभयो ।

जसपाले हालैका दिनहरूमा सङ्गठनात्मक संरचनालाई अझ बलियो बनाउँदै लगेको छ । पार्टीमा अनुभव भएका र जनतामा लोकप्रियता हासिल गरेका नेताहरूको प्रवेशले सङ्गठनलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८१ आश्विन ५,शनिबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८१ आश्विन ५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद