Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

राजेश भेटवालले गरे २ लाख ५५ हजार रुपैयाँ तरुणको भवन निर्माणका लागि सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख १९,बुधबार
A A
3
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

अनिल कुमार साह ,परवानीपुर
हेटौडा – नेपाल तरुण दलको भवन निर्माणका लागि तरुण केन्द्रीय सदस्य राजेश भेटवालले २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन् । तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि भेटवालले २ लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको आफ्नै भवन निर्माण गर्ने निर्णय अनुसार राजनीतिसंगै सामाजिक काममा पनि सक्रिय भवन निर्माणका लागि उक्त रकम सहयोग गरेका हुन् । उनले गरेको सहयोग प्राप्त भएको तरुण केन्द्रीय अध्यक्ष विद्वान गुरुङले सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक समेत गरेका छन् ।

तरुण दलको अभिभावकले लिएको भवन निर्माणको जिम्मेवारीमा सहभागि हुन पाउँदा खुसी व्यक्त गरे । तरुण दलका अभिभावक गुरुङले लिएको अठोट र विश्वासमा एक सिपाही तथा संस्थागत राजनीतिलाई शिरोपर गरेर अघि बढ्ने उनले बताए । सोही अनुसार अध्यक्ष गुरुङले चलाएको अभियानमा आफ्नो दायित्व बोध सहित जोडिएको उनले बताए । आवश्यक परे वा दलले जिम्मेवारी दिएको खण्डमा आफ्नो भुमिकालाई सशक्त बनाउने तयार रहेको बताए । भवन निर्माणमा दलले चाहे थप जिम्मेवारी वहन गर्ने तयार रहेको उनको भनाई छ ।

मकवानपुरबाट तरुण दलको केन्द्रीय सदस्य रहेका भेटवाल युवाहरु माझ लोकप्रिय नेताका रुपमा रहेका छन् । सामाजिक उत्तरदायित्व ग्रहणमा अग्रणि भुमिका निर्वाह गर्दै आएका भेटवालले मकवानपुरको समग्र विकास निर्माण तथा उद्यमशिलता समेत भुमिका खेल्दै आएका छन् । विपद्का समयमा अग्र भागमा रहेर काम गर्ने भेटवाल कोभिड–१९ को महामारीमा समेत मकवानपुरका नागरिकहरुको सहयात्री बनेका थिए ।
कोभिड–१९ महामारीका कारण निम्तिएको विषम् परिस्थितीका वाबजुद पनि भेटवालले समस्यामा परेका नागरिकहरुको सेवामा कुनै कसर बाँकी राखेन्न् । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा खाद्यान्न र नगद २ लाख रुपैयाँ सहयोग लिएर पुगेका भेटवालले सो समयमा समस्यामा परेका नागरिकलाई लक्षित गरी मकवानपुरगढी गाउँपालिकामा पनि २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

कोभिड–१९ को असरमा परेका बटुवालाई समेत नीजि गाडीमा गन्तव्य सम्मको यात्रा गराउन उनको भुमिका रहेको थियो । कोभिड–१९ माहामारीको समयमा देश लकडाउनमा रहदाँ भेटवाल आफ्नै गाडीमा हेटौंडाको राप्ती पुलबाट लोथरसम्म समस्यामा परेका बटुवालाई ओसारपसार गरेका थिए ।
करिव २ दशक देखि मकवानपुरमा सामाजिक र राजनीतिक रुपमा क्रियाशिल रहेका भेटवाल विपद्मा मात्र नभइ असाहय र गरिव जेहेन्दार विद्यार्थिको अभिभावकत्व ग्रहणमा पनि अग्रसर छन् । उनको नेतृत्व र लगानीमा विद्यार्थिहरुले शिक्षा लिने अवसर पाएका छन् । तरुण दलको गत चैत १५ र १६ गते केन्द्रिय समितिको बैठकले भवन निर्माण सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । सोही अनुसार काठमाडौंको रवी भवनमा करिव २ रोपनीमा क्षेत्रफलको जग्गामा नेपाल तरुण दलले भवन निर्माण गर्नेछ ।

आफ्नै केन्द्रीय सदस्यहरुबाट रकम संकलन गरी भवन निर्माण गरिने अभियान अध्यक्ष गुरुङले चलिरहेको छन् । करिव ३ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त भवन निर्माणका लागि हालसम्म तरुण दल केन्द्रीय सदस्यहरुबाट ६८ लाख ७२ हजार रुपैयाँ रकम संकलन भएको अध्यक्ष गुरुङले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८१ बैशाख १९,बुधबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८१ बैशाख १९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद